Logo

सहकारीमा अपराध बढ्दो, संचालक र व्यवस्थापक एउटै हुँदा समस्या

सहकारीमा अपराध बढ्दो, संचालक र व्यवस्थापक एउटै हुँदा समस्या


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२० साउन, काठमाडौं । सहकारी सम्बन्धी ऐन, कानुन फितलो भएका कारण अपराध बढेको सरोकारवालाहरुले बताएका छन् । सहकारी ऐन २०४८ संशोधन गर्न नसक्नु नै राज्यको ठूलो कमजोरी भएको सहकारी विभागका उपरजिष्ट्रार विष्णु घिमिरेले बताए । ‘सहकारी अभियान बाधक भएका कारण पनि सहकारी ऐन र नियमावली संशोधन गर्न सकिएको छैन,’ नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको सहकारी सम्बाद कार्यक्रममा उनले भने ।

नेपालमा सहकारीको संचालक र व्यवस्थापक एउटै हुँदा समस्या उत्पन्न भएको समेत उनले जानकारी दिए । ‘सहकारीलाई राम्रोसँग संचालन गर्न संचालक र व्यवस्थापकको छुट्टाछुट्टै टीम हुनुपर्छ,’ उनले भने, ‘तर, नेपालमा सवै काम संचालकले नै गर्दै आएका छन् ।’ सवै काम एउटै व्यक्तिले गर्दा ठगीहुने सम्भावना समेत उच्च रहेको उनको दावी थियो ।

पछिल्लो समय सहकारीकर्मीले सहकारी क्षेत्रमा गर्दै आएको कार्टेलिङ अन्त्य हुने डरले पनि सहकारीकर्मीले कानुन ल्याउन रोकेको उपरजिष्ट्रार घिमिरेको भनाइ थियो । ‘ऐन बनाउदाँ आफैलाई असर गर्छ भन्ने मानसिकताले केही सहकारीकर्मीले ऐन, तथा नियमावली ल्याउन रोक्दै आएका छन् तर यसले सम्पूर्ण सहकारी अभियानलाई नै घातक गर्छ,’ उनले भने ।

सहकारी स्वनियमनमा चल्ने संस्था भएपनि सहकारीमा अनुशासन हराउँदै जान थालेकाले सहकारीमा समस्या बढेको घिमिरेले जानकारी दिए । ‘सहकारी स्वनियमनमा चुके तसर्थ आगामी दिनमा स्वनियममा ध्यान नदिने सहकारीलाई कडा नियमन गर्न आवश्यक छ,’ उनले भने ।

राष्ट्रिय सहकारी संघका उपाध्यक्ष मीनराज कँडेलले पल्र्स मनिटरिङ मोडेलमा सहकारी सञ्चालन गर्न सके कुनै पनि सहकारी धराशायी नहुने बताए । पल्र्स, पोलिसी र प्यानिङमा सही विश्लेषण गरी सहकारीले कारोबार गर्नुपर्ने उनको भनाइ थियो । साथै, अवबन्ने संविधानमा सहकारी मैत्री हुनुपर्ने समेत उनको भनाइ थियो ।

राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले सहकारी संख्यात्मक रुपमा बढेपनि गुणात्मकमा चुकेको बताए । ‘हामी बित्तीय क्षेत्रमा जोखिम न्यूनिकरण गर्न सचेत भई कारोबार गर्दै आएका छौं,’ उनले भने, ‘सहकारीमा देखिएका समस्या समाधानका लागि सहकारी बोर्ड, विभाग र अभियान सम्मिलित छुट्टै संयन्त्र आवश्यक छ ।’

नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघ(नेफ्स्कुन)का उपाध्यक्ष नानीबाबु बुढाथोकीले सहकारीमार्फत आर्थिक रुपान्तरण गर्न सकिने भएकाले सहकारीलाई सबल खम्बाका रुपमा स्थापित गर्नुपर्ने बताए । नीति र सिद्वान्तमा चलेका सहकारी नडबुेको समेत उनको दावी थियो ।

जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईले भने सहकारीका नाममा उठाइएको पैसा निजी कम्पनीमा लगाउँदा सहकारीमा समस्या बढेको बताए । साथै, निजी क्षेत्रले सहकारीको सफता देख्न नसकेकै कारण प्रगति गर्न नसकेको उनको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL