Logo

प्रभुले दियो सहकारीलाई निःशुल्क सफ्टवेयर, लेखापरिक्षण पारदर्शी बनाउन सहयोग पुग्ने

प्रभुले दियो सहकारीलाई निःशुल्क सफ्टवेयर, लेखापरिक्षण पारदर्शी बनाउन सहयोग पुग्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१९ चैत, काठमाडौं । प्रभु मेनेजमेन्ट प्रालीले सहकारी संस्थालाई निःशुल्क बैकिङ् सफ्टवेयर प्रदान गरेको छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गरी प्रभु मेनेजमेन्टले उक्त सफ्टवेयर प्रदान गरेको हो ।

सहकारी क्षेत्रलाई अत्याधुनिक बैङकिङ् सेवा प्रदान गर्न सहकारीलाई बैकिङ् सफ्टवेयर प्रदान गरेका प्रभुकी कार्यकारी अध्यक्ष कुसुम लामाले बताइन् । सफ्टवेयर प्रयोगमा आए सँगै छरिएर रहेको सहकारीलाई एक गराउने लामाको दावी छ ।

गुरु नामाकरण गरिएको उक्त सफ्टवेयर अत्याधुनिक भएकाले यसले सहकारीको लेखा परिक्षणलाई पारदर्शी बनाउन सहयोग गर्ने उनको विश्वास छ । सफ्टवेयर प्रयोगमा आए पछि सहकारीका ग्राहकहरुले बैंक जस्तै एसएमएस बैंकिङ्, इन्टरनेट बैंकिङ्, डेबिट कार्ड बैंकिङ्, मोबाइल बैंकिङ् जस्ता सुविधा सहजै प्रयोगमा ल्याउन पाउने भएका छन् ।

यी सेवा बैंकहरुमा मात्र रहेको भन्दै गाँउ–गाँउमा रहेको सहकारीका सदस्यहरुले पनि प्रयोग गर्न पाउन भन्ने उदेश्यले प्रयोगमा ल्याएको लामाको भनाई छ । उक्त सफ्टवेयर प्रयोगमा ल्याएपछि दशैभरि छरिएर रहेका सहकारी संस्थाहरु मार्फत सहकारीकर्मी सदस्यहरुलाई बैंकिङ सेवा पु¥याउने बताइन् ।

कार्यक्रममा अध्यक्ष देविप्रकाश भट्टचनले गुरु नाम दिएको सफ्वटेयरले सहकारी क्षेत्रमा नयाँ आयाम ल्याउने बताए । सहकारीहरुले बैंक जस्तो डेबिट कार्ड प्रयोग गर्न सक्ने समेत जानकारी गराए । सहकारीले आफ्नो नाम राखेर डेबिट कार्ड प्रयोगमा ल्याउने भन्दै यसको सुरुवात प्रभुले गर्ने जानकारी दिए । प्रभुले प्रयोगमा ल्याउने रुपैयाँ नाम दिएको कार्ड नेपालमा मात्र नभएर विश्वका अन्य देशमा पनि निःशुल्क प्रयोगमा ल्याउन सकिने उनको भनाइ छ । रुपैयाँ नाम दिएको कार्ड सबै सहकारीले बैंकले प्रयोगमा ल्याएको जस्तै प्रयोगमा ल्याउने बताईएको छ । रुपैयाँ कार्ड हाल बैंकहरुले प्रयोगमा ल्याएको डेबिट÷क्रेरेडिट कार्ड जस्तै हो ।

कार्यक्ररममा राष्ट्रिय सहकारी संघका सञ्चालक दक्ष पौडेलले यो सफ्वटेयर प्रयोगमा आए पछि वित्तीय अनुशासान कायम गर्ने दावी गरे । सहकारीको आथिर्क अनुसाशन, लेखापरिक्षणमा एकरुपता कायम गर्ने, छरिएर रहेका संस्थाहरुलाई एक हुने विश्वास व्यक्त गरेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL