Logo

दोश्रो साकोस सम्मेलन सम्पन्न, छुट्टै बचत तथा ऋण सहकारी ऐन माग

दोश्रो साकोस सम्मेलन सम्पन्न, छुट्टै बचत तथा ऋण सहकारी ऐन माग


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

२५ माघ,काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले बचत तथा ऋण सहकारीका लागि छुटै बचत तथा ऋण सहकारी ऐन माग गरेको छ । नेफ्स्कूनको हालै सम्पन्न दुई दिने साकोस शिखर गोष्ठिमा सुशासन, नियमन, जोखिम व्यवस्थापन र विस्तारका लागि यस्तो ऐन माग गरेको हो ।
नेफ्स्कुनले ११ बुँदे घोषणापत्र जारी गर्दै साकोस अभियानलाई एकीकृत साकोस प्रणालीमार्फत गुणात्मक र सशक्त बनाउदै समृद्ध, स्वावलम्वी र आत्मनिर्भर नेपाल निर्माणका लागि उच्च संकल्प र प्रतिवद्धता जाहेर गरेको छ ।

त्यस्तै बचत तथा ऋण सहकारी क्षेत्रभित्र देखिएका विकृति र चुनौति समाधानका लागि पल्र्सलगायत उन्नत विधि र प्रविधिको प्रयोग, तरलता व्यवस्थापन, लगानीलाई कृषि तथा उत्पादनमुखी परियोजना केन्द्रीत बनाउने प्रतिवद्धता घोषणापत्रमा उल्लेख गरिएको छ ।

घोषणपत्रमा बचत तथा ऋण सहकारी अभियानलाई समुदायमा आधारित एवम् सदस्य केन्द्रीत, अनुशासित एवम् मर्यादित बनाउन नेफ्स्कूनको अगुवाईमा सञ्चालित कार्यक्रम र सञ्जालमा अनिवार्य सहभागी हुने प्रतिवद्धता जाहेर गरेको छ । सहकारीको सक्षमताका लागि एकीकरण र सोको प्रवद्र्धनमार्फत गुणस्तरीयतामा ध्यान दिने, संस्थागत सुशासन कायम गर्नेलगायत प्रतिवद्धतासमेत घोषणापत्रमा समेटिएको छ ।

नेफ्स्कूनका अध्यक्ष ऋषिराज घिमिरेको अध्यक्षतामा सम्पन्न दोस्रो साकोस शिखर गोष्ठिमा दश वटा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । मुलुकभरका सहकारी अभियन्ताहरु, अष्ट्रेलिया, क्यानडा, श्रीलंका र थाइल्याण्डलगायतका सहकारी विज्ञहरु, सरकारी तथा सरोकारवाला निकायका ५ सय भन्दा बढी सहभागीहरुको उपस्थिती रहेको थियो । सो अवसरमा नेपालको साकोस अभियान, एकीकृत साकोस प्रणाली र आगामी रुपरेखा, साकोसको संस्थागत विकासः स्तरीकरणलगायत विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL