Logo

चौधरीको वाइवाइ चाउचाउ अखाद्य घोषित : खादा क्यान्सर हुने, २ लाख जरिवाना सहित बजारबाट फिर्ता गर्न निर्देशन

चौधरीको वाइवाइ चाउचाउ अखाद्य घोषित : खादा क्यान्सर हुने, २ लाख जरिवाना सहित बजारबाट फिर्ता गर्न निर्देशन



काठमाडौं । चौधरी ग्रूपले उत्पादन गर्ने वाईवाई चाउचाउँमा अखाद्य वस्तु भेटिएको छ । वाईवाई चाउचाउमा मानव स्वाथ्यमा गम्भिर असर पुर्याउने खालको अखाद्य वस्तु भेटिएपछि काठमाडौं महानगरपालिकाले चौधरी ग्रूपलाई कारबाही गरेको छ ।

laxmi

कम गुणस्तरका चाउचाउ भेटिएपछि कृषि तथा पशुपन्छी विभागले वाईवाई चाउचाउ उत्पादन गर्ने कम्पनी चौधरी ग्रूप प्रालिलाई जरिवाना गराउँदै उक्त उत्पादन बजारबाट फिर्ता लैजान निर्देशन दिएको हो । काठमाडौं महानगरले २ लाख रुपैयाँको जरिवाना रसिद काट्दै उक्त लटको चाउचाउ बजारबाट फिर्ता गरी प्रमाण पेश गर्न समेत निर्देशन दिएको छ ।

उक्त कम्पनीले बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको भन्दै काठमाडौं महानगरले सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरेको हो । गत २ हप्ता अघि काठमाडौं महानगरपालिकाले एक किराना पसलबाट चौधरीको वाईवाई चाउचाउ जफत गरेको थियो । उक्त समयमा महानगरले २०८० सालको चैत महिनामा उत्पादित ६० ग्राम तौल भएको, अधिकतम विक्री मूल्य २० रुपैयाँ पर्ने व्याच नं. AL/YL23 का चाउचाउ जफत गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइयो थियो । उक्त नमुनाको प्रयोगशाला परीक्षणबाट आएको प्रतिवेदनले वाईवाई चाउचाउमा अखाद्य वस्तुका साथै गुणस्तरहिन भेटिएको हो । रिपोर्टअनुसार चाउचाउमा एसिड भ्यालु १३.९३४ mg KOH/g Oil देखिएको छ । तर चाउचाउमा यसको भ्यालु १ mg KOH/g Oil भन्दा बढी हुनु हुँदैन ।

खाद्य प्राविधिका अनुसार यस्ता खालका चाउचाउ निरन्तर खादा क्यान्सरलगायत घातक रोग लाग्ने सम्भावना उच्च रहन्छ । साथै गुणस्तरहिन तेल प्रयोग गरी उत्पादन गर्दा चाउचाउमा एसिड भ्यालु बढी देखिने समेत प्राविधिकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL