Logo

जलस्रोत नेपालको सुनखानी भन्दा पनि मूल्यवान रहेको अर्थमन्त्रीको दावी, ऊर्जामा वैदेशिक लगानी बढ्यो

जलस्रोत नेपालको सुनखानी भन्दा पनि मूल्यवान रहेको अर्थमन्त्रीको दावी, ऊर्जामा वैदेशिक लगानी बढ्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१३ पुस, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले जलस्रोत नेपालको लागि सुनखानी भएको र यसको विकास र प्रवद्र्धनबाटै मुलुकले फड्को मार्ने बताएका छन् । ‘सुनखानी त उत्खनन् गरेर झिक्दै जाँदा सकिन्छ तर नेपालको पानीको अटुट स्रोत कहिल्यै सकिदैन,’ बनेपास्थित बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारण सभाको उद्घाटनका क्रममा उनले भने, ‘यसको उपयोग गर्नेमा कसैबाट अवरोध हुनुहुँदैन ।’

अहिले सरकारले जलस्रोतको सदुपयोगमा जोड दिएको बताउँदै उनले दीर्घकालिन महत्वका साहसिक निर्णयहरु गरी जलविद्युतको विकासलाई अगाडि बढाइरहेको जानकारी दिए । ‘बिगतमा यसको उपयोग रोकिएको थियो । अहिले धमाधम निर्णयहरु भैरहेका छन्,’ उनले भने, ‘नेपालको जलस्रोत, पर्यटन र कृषिमा युवाहरुलाई रोजगारी दिने शक्ति भएको र सरकारले युवाहरुलाई यी क्षेत्रमा सक्रिय गराउने अनुकूल नीतिहरु ल्याएको छ ।’ जलविद्युत्का क्षेत्रको प्रवद्र्धनका लागि विदेशी सहयोग र निजीक्षेत्रको लगानी ल्याउने प्रयास भैरहेको समेत जानकारी दिए ।

fm1

देशमा कृषिलाई व्यवसायीकरण गर्न सरकारले ६ प्रतिशत ब्याजमा कृषि कर्जाको व्यवस्था गरिएको छ । जुनसुकै वाणिज्य बैंकहरुबाट यस्तो कर्जा लिन सकिन्छ । उमेरहद पनि बढाउन लागिएको हुँदा यसलाई युवाहरु मात्र होइन सक्रिय जीवन बिताउने तथा युवा जोस जाँगर भएका बढी उमेरका किसानहरुले पनि सदुपयोग गर्न सक्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

सो अवसरमा सहकारी विभागका पूर्व रजिष्टार तथा काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी केदार न्यौपानेले सदस्यहरुको नियन्त्रणमा भएका सहकारीहरुले राम्रो गरिरहेको र केही व्यक्तिको नियन्त्रणमा भएका सहकारीहरु मात्र अप्ठेरोमा परेको बताए । उनले कृषिमा लागेर सहकारी संस्थाहरुले उत्पादन बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी सहकारी बोर्डका सहअध्यक्ष शरदकिशोर शर्माले आन्तरिक उत्पादन बढाएर शहकारी संस्थाहरुले आयात प्रतिस्थापन गर्न सक्ने बताए भने बचत तथा ऋण केन्द्रीय सहकारी संस्थाका अध्यक्ष ऋषिराज घिमिरेले सहकारी संस्थाहरुलाई लाग्ने करमा केही कमी ल्याउनसके असूली बढ्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा संस्थाका अध्यक्ष प्रदीप थापाले सदस्यहरुको बढ्दो आवश्यकतालाई दृष्टिगत गरी सामूहिक व्यवसायमा जोड दिएको सहायक कृषि सहकारी स्थापना गरी कृषि क्षेत्रमा काम गर्न थालिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL