Logo

नेपालीको भान्छा महङ्गिदा खुम्चियो श्रमिकको तलब, खाद्यान्नको मूल्यवृद्धि २० प्रतिशतसम्म बढ्यो

नेपालीको भान्छा महङ्गिदा खुम्चियो श्रमिकको तलब, खाद्यान्नको मूल्यवृद्धि २० प्रतिशतसम्म बढ्यो



काठमाडौं । पछिल्लो समय दैनिकजसो उपभोग्य बस्तुको मूल्य उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक बर्षको ८ महिनाको तथ्याङ्क अनुसार दैनिक उपभोग्य बस्तुहरुको मूल्य २० प्रतिशतसम्म बढ्न पुगेको छ ।

laxmi

राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार उपभोक्ता मुद्रास्फीति ३.०२ प्रतिशत रहेको पनि ध्यू, तेल, दाल, चालमलजस्ता नेपालीको भान्छामा प्रयोग हुने दैनिक उपभोग्य बस्तुको मूल्य भने उच्च रुपमा बढ्न पुगेको छ । अघिल्लो बर्षको तुलनामा चालू आबको सोही अबधिमा समग्र मुद्रास्फिती न्यून रहेपनि नेपालीले उपभोग गर्ने दैनिक उपभोग्य बस्तुको मुल्य भने उच्च रुपमा बढ्न पुगेको तथ्याङ्कले देखाएको छ ।

२०७६ फागुनको तुलनामा २०७७ फागुनमा घ्यू तथा तेल, फलफूल, सुर्तिजन्य वस्तुहरु र दाल तथा गेडागुडी उपसमुहको मुल्यवृद्धि क्रमशः १९.९७ प्रतिशत, १३.६७ प्रतिशत, १०.४१ प्रतिशत र १०.१७ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा २.५० प्रतिशत, तराईमा ३.२५ प्रतिशत, पहाडमा ३.४० प्रतिशत र हिमालमा १.१४ प्रतिशत मुद्रास्फीति रहेको छ ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि गत वर्षको सोही महिनाको तुलनामा क्रमशः ८.४५ प्रतिशत, ५.५९ प्रतिशत र ३.४७ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ४.९२ प्रतिशत रहेको छ । सो अबधिमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.८९ प्रतिशतले मात्र बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.५१ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL