Logo

जंगल एड्भाञ्चरले ल्यायो दशैतिहार अफर, ५ हजारमा ३ दिन सौराहा घुमाउने

जंगल एड्भाञ्चरले ल्यायो दशैतिहार अफर, ५ हजारमा ३ दिन सौराहा घुमाउने


बिजखबर संवाददाता
0
Shares

काठमाडौ । जंगल एड्भाञ्चर वल्र्डले ‘दशैतिहार फेस्टिबल अफर–२०७२’ योजना ल्याएको छ । चितवन सौराहा स्थित उक्त होटले चाडवाडको बेला पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप सो योजना ल्याएको हो । होटलले त्यहाँको मनोरम दृष्यको अवलोकनसँगै विशेष छुटका साथ आन्तरिक पर्यटकलाई लक्षित गर्दै होटलले उक्त योजना ल्याएको हो ।

शैतिहार योजना अनुसार ४ हजार ९ सय ९९ रुपैंयामा दुई रात/तीन दिन सौराहामा बस्न र घुम्न सकिने होटलका सेल्स एण्ड मार्केटिङ म्यानेजर मदन भण्डारीले जानकारी दिए । उक्त प्याकेजमा सहभागी हुनेले लन्च, डिनर र ब्रेकफास्ट सहित जंगल सफारीको मज्जा लिन पाउनेछन् ।

आन्तरिक पर्यटकलाई लक्षित प्याकेज कार्यक्रममा सौराहामा हात्ती सफारी, डुंगा सयर, हाती प्रजनन केन्द्रको अवलोकन, सूर्यास्तको अवलोकन, थारु संस्कृति र थारु गाउँ अवलोकन गर्न पाउने होटलका म्यानेजर देवहरि नेपालले बताए । ‘भुकम्पपछि थलिएको पर्यटनलाई गतिशिलता प्रदान गर्न यो समयमा आन्तरिक पर्यटकलाई लक्षित गरी दशैतिहार योजना ल्याएका हौं,’ उनले भने, ‘सौराहामा आन्तरिक पर्यटनको प्रवद्र्धन गर्न यसले महत्वपूर्ण यागदान गर्ने हाम्रो विश्वास रहेको छ ।’ उक्त योजना असोज १ देखि कार्तिक मसान्त सम्म लागु हुने होटल व्यवस्थापनले जनाएको छ ।

त्यस्तै अर्काे प्याकेज अन्तर्गत २ हजार ९ सय ९९ मा १ रात÷२ दिन ब्रेकफाष्ट, लञ्च, डिनर, हात्ती सफारी, थारु कल्चरको अवलोकन, बर्ड वाचिङ, सूर्यास्तको अवलोकनका साथ घुम्न सकिनेछ । वातावरणमैत्री कोठा, रेष्टुरेन्ट र वाइफाई सुविधासहित यी सबै गतिविधिमा सहभागी हुनसक्ने सेल्स एण्ड मार्केटिङ म्यानेजर भण्डारीले बताए ।

७ करोड रुपैंयाको संयुक्त लगानीमा चितवनका होटल व्यवसायीहरुको नयाँ व्यवस्थापन समूहले १ वर्ष अगाडिदेखि उक्त होटल संचालनमा ल्याएको हो । १ बिगाहा क्षेत्रफलमा फैलिएको राप्ती किनारमा अवस्थित उक्त होटेलमा २६ वटा छुट्टाछुट्टै कटेज रहेका छन् भने १ सय जना अट्नसक्ने कन्फरेन्स हल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL