Logo

धरानमा पूर्वाञ्चलकै पहिलो प्याराग्लाइडिङ, दशैंका लागि उडानमा विशेष छुट

धरानमा पूर्वाञ्चलकै पहिलो प्याराग्लाइडिङ, दशैंका लागि उडानमा विशेष छुट


रक्षा रेग्मी
0
Shares

धरानको भेडेटारमा पहिलो पटक व्यवसायीक प्याराग्लाइडिङ सुरु भएको छ । धरान स्काई एडभेन्चर प्रालीले दशैंको अवसर पारी आइतवारदेखि प्याराग्लाइडिङ शुरु गरेको हो ।

सो प्याराग्लाइडिङ स्थानीय निर्मल आचार्य र रोशन अधिकारीको संयुक्त लगानीमा सञ्चालन गरिएको बताइएको छ । यो पूर्वाञ्चलकै पहिलो प्याराग्लाइडिङ भएको सञ्चालकको दावी छ ।

प्याराग्लाइडिङ छोटी मोरङ भेडेटारबाट नौलो बस्तीसम्म गर्न पाइने एक सञ्चालक रोशन अधिकारीले जानकारी दिए । उनका अनुसार धरानको आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ १ करोड लगानीमा प्याराग्लाइडिङ शुरु गरिएको हो । अन्य समयमा १ जना यात्रुको ५ हजार ५ सय लिइनेमा दशैंको अवसरमा भने ५ हजार मात्र शुल्क लिइने उनले जानकारी दिए । ‘दशैं पछि भने नियमित शुल्क नै लागु गछौं’ अधिकारीले भने ।

उडानका क्रममा २५ मिनेटमा धरानका ७० प्रतिशत भुभाग र मोरङ तथा तराईका अन्य समथर फाँट अवलोकन गर्न सकिने बताइएको छ । हाल कम्पनीसँग ६ ओटा प्याराग्लाइडर सञ्चालनमा छन् । त्यस्तै ५ जना पाइलटको व्यवस्था गरिएको बताइएको छ । यात्रुहरुको चाप बढ्ने वित्तिकै १ जना पाइलट थप्ने योजना रहेको अधिकारीले जानकारी दिए ।

प्याराग्लाइडिङमा एक पटकमा १ जना पाइलट र १ जना प्यासेन्जर मात्र उड्न पाइने नियम छ । तर सोलो अथवा प्यासेन्जर मात्र उड्न नपाइने बताइएको छ । प्यारागइडिङबाट उठेको रकम आधा पाइलटले र बाँकी सञ्चालकले लिन पाउने बताइएको छ ।

इन्धनको समस्याले प्याराग्लाइडिङ गर्नेको संख्या भने उत्साहजनक नरहेको अधिकारीले जानकारी दिए छ । ‘इन्धन सर्टेजले गर्दा सोचे अनुसारको यात्रुहरु आएका छैनन् ’ उनले भने ।

नेपालमा २००७ देखि प्याराग्लाइडिङ सुरु भएको हो । घोडा सवारी पनि सञ्चालनमा ल्याएको निकट भविष्यमा कम्पनीले बन्जी जम्प सञ्चालनको समेत तयारी गरिरहेको जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL