Logo

इन्धन अभावले दशैमा अतिरिक्त हवाइ उडान नहुने, ९० प्रतिशत टिकट बुक

इन्धन अभावले दशैमा अतिरिक्त हवाइ उडान नहुने, ९० प्रतिशत टिकट बुक


बिजखबर संवाददाता
0
Shares

इन्धन अभावले दशैमा आन्तरिक हवाई उडान पनि प्रभावित हुने भएको छ । चाडवाडका समयमा अतिरित्त उडान भर्दै आएका आन्तरिक वायुसेवा कम्पनीले यसपटक भने नभर्ने भएका छन् । नियमित उडान तर्फको प्रायःजसो टिकट बुकिङ भइसकेकाले अव हवाइ मार्गबाट यात्रा गर्न चाहनेका लागि समस्या पर्ने देखिएको हो ।

अहिले नै दशैका लागि आन्तरिक उडानका ९० प्रतिशत टिकट बुकिङ भइसकेको वायु सेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले बताए । ‘अव आन्तरिक उडानका १० प्रतिशत टिकट पनि बाँकी छैन,’ उनले भने, ‘जसले गर्दा हवाइ यात्रा गर्न चाहने यात्रुहरुलाई पनि समस्या पर्ने भएको छ ।’ अघिल्ला वर्षहरुमा दशै तिहारजस्ता चाडपर्वमा यात्रुको चाप हेरेर अतिरित्त उडान भर्ने गरेकोमा यसपटक इन्धन अभावले गर्दा गर्न नसकिने उनको भनाइ छ ।

उनका अनुसार यसपटक कुनै अतिरिक्त उडान नथपिने भएको छ । साथै अघिल्ला वर्षको तुलनमा यसपटक अग्रीम टिकट बुकिङ गर्ने यात्रुहरुको संख्या ह्वात्तै बढेको छ । तराइमा भइरहेको बन्द हड्ता तथा पेट्रोलियम पदार्थ अभावले गर्दा हवाई यात्रुको चाप बढेको हो ।

हालसम्मलाई नियमित उडान भर्न भने इन्धन समस्या नभएको उनले जानकारी दिए । जसले गर्दा अग्रीम टिकट बुकिङ गरेका यात्रुहरुलाई भने समस्या नहुने उनको दावी छ ।

यता नेपाल आयाल निगमले पनि आन्तरिक उडानका लागि १ महिनासम्मका लागि तेला दिने बताएको छ । जसले गर्दा पनि नियमति उडानलाई भने समस्या नहुने भएको हो ।

निगमले नेपालमा उडान भर्ने विदेशी एयरलाइन्स कम्पनीलाई विदेशबाटै तेल भरेर आउन आग्रह गरेको छ । सोही अनुसार विदेशी एयरलाइन्सले आफूलाई पायक पर्ने विमानस्थलबाट इन्धनको जोहो गर्दै आएका छन् । जसले गर्दा पनि नियमित आन्तरिक उडानलाई भने राहत मिलेको छ ।

यस्तै, निगमले माउन्टेन र चार्टड फ्लाइटका लागि पनि तेल दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL