Logo

फ्लाई दुबईको अवार्ड सिलिंक्स ट्राभल्सलाई, सन् २००९ देखि लगातार बेष्ट सेलर

फ्लाई दुबईको अवार्ड सिलिंक्स ट्राभल्सलाई, सन् २००९ देखि लगातार बेष्ट सेलर


रामराजा श्रेष्ठ
0
Shares

दुबईको एयरलायन्स कम्पनी फ्लाई दुबईले यस वर्षको उत्कृष्ट ट्राभल अवार्ड सिलिंक्स ट्राभल एण्ड टुर्सप्रालिलाई दिएको छ । कम्पनीले नेपालमा सेवा शुरु गरेको छैठौं वर्ष वार्षिकोत्सवको अवसरमा नेपालका ट्राभलमध्ये सबैभन्दा बढि टिकट बिक्री गर्ने ट्राभल सिलिंक्सलाई उक्त अवार्ड लिएको हो ।

सन् २०१४ सिलिंक्सले सबैभन्दा धेरै टिकट बिक्री गरेर फ्लाई दुबईको सर्वाेत्कृष्ट ट्राभल एजेन्सी अवार्डसहित वेष्ट सेलर अवार्ड प्राप्त गरेको हो । फ्लाई दुबईले राजधानीको ह्यात होटलमा मंगलबार एक कार्यक्रमको आयोजना गरी नेपालका टप टेन ट्राभललाई एजेन्सी अवार्ड वितरण गरेको थियो ।

कार्यक्रममा फ्लाई दुबईका सिनियर भाइस प्रेसिडेन्ट सुधिर श्रीधरनले ट्राभल्सका प्रबन्ध निर्देशक राजु ढकाललाई अवार्ड प्रदान गरेका थिए । एयरवेजले नेपालबाट टिकट बिक्री गर्ने ट्राभललाई उत्कृष्टताको आधारमा अवार्ड प्रदान गर्दै आइरहेको छ । फ्लाई दुबईले नेपालमा सेवा सुरु गरेको सन् २००९ देखि नै सिलिङ्क्स ट्राभल्स एण्ड टुर्स वेस्ट सेलर बन्दै आइरहेको छ ।

अवार्ड वितरणमा फ्लाई दुबईका सिनियर भाइस प्रेसिडेन्ट सुधिर श्रीधरनले नेपालमा फ्लाई दुबईले सेवा प्रदान गरेकोमा आफुहरु सन्तुष्ट भएको बताए । ‘नेपालमा हाम्रो बजार हिस्सा बढिररहेको छ,’ उलने भने, ‘हामी नेपालमा अझै बढि उत्कृष्ट सेवा दिन तयार रहेका छौं ।’

फ्लाई दुबईले २००९ देखि नेपालमा उडान भर्दै आइरहेको छ । सुरुमा हप्तामा ४ उडान गर्दै आइरहेको फ्लाई दुबईले अहिले नेपालमा दैनिक ४ उडान गर्दै आइरहेको छ । सेवा सुरु गर्दा नेपाल ११ औं गन्तव्य रहेको फ्लाई दुबईले अहिले ९५ वटा गन्तव्यमा उडान भर्दै आइरहेको छ ।

बजेट एयरलायन्सबाट सेवा दिइइरहेको फ्लाई दुबईले अहिले हाइब्रिड सेवा दिइरहेको छ । एयरवेजले अहिले बिजनेस क्लास समेत थप गरेको फ्लाई दुबईका नेपाल प्रमुख प्रान दर्शनले जानकारी दिए । फ्लाई दुबईको नेपालमा जिएसए युनिभर्सल ट्राभल एण्ड टुर्स रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL