Logo

हिमालय एअरलाइन्स र हुवावे क्लाउडबीच रणनीतिक सम्झौता, यात्रुहरुलाई उत्कृष्ट टिकेटिङ विकल्प र यात्रा अनुभव प्रदान गर्ने

हिमालय एअरलाइन्स र हुवावे क्लाउडबीच रणनीतिक सम्झौता, यात्रुहरुलाई उत्कृष्ट टिकेटिङ विकल्प र यात्रा अनुभव प्रदान गर्ने



काठमाडौं । हिमालय एअरलाइन्स् र चिनिया बहुराष्ट्रिय प्रविधि कम्पनी हुवावे क्लाउडबीच रणनीतिक सहकार्यसम्बन्धी सम्झौता भएको छ ।

हिमालय एअरलाइन्सलाई दक्षिण एसियाको एक अग्रणी वायुसेवाका रूपमा स्थापित गर्ने अवसर सृजना गर्दै ठोस परिणामहरु प्राप्त गर्न यस सम्झौताले स्मार्ट उड्डयन क्षेत्र निर्माण र बहुआयामिक हवाई सञ्जाललाई प्रवर्धन गर्ने अपेक्षा गरिएको कम्पनी जनाएको छ ।

सूचना तथा सञ्चार प्रविधिका उपज र समाधानका उपायहरुबाट अधिकतम लाभ लिने क्रममा हुवावेले हिमालय एअरलाइन्स्लाई अझ सक्षम बनाउने सिलसिलामा प्रतिस्पर्धात्मक सेवामार्फत यात्रुहरुलाई उत्कृष्ट टिकेटिङ विकल्प र यात्रा अनुभव प्रदान गर्ने जनाइएको छ ।

सम्झौतापत्रमा हिमालय एअरलायन्सका अध्यक्ष झोउ इन्योङ्ग र हुवावे टेक्नोलोजिज् नेपालका प्रमुख कार्यकारी अधिकृत डेङ्ग सुइजेनले हस्ताक्षर गरेका छन् ।

कम्पनीका अध्यक्ष इन्योङ्गले हुवावेसँगको सहकार्यले कम्पनीको डिजिटल रुपान्तरण, टिकेटिङ र यात्रुहरुको उडान अनुभव अनुकूल बनाउने कार्यलाई तीव्र गति दिई नेपालको सम्पूर्ण नागरिक उड्डयन क्षेत्रको समग्र विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL