Logo

पाटा सम्मेलनमा नेपालको प्रवद्र्धन, पर्यटक बढ्ने विश्वास

पाटा सम्मेलनमा नेपालको प्रवद्र्धन, पर्यटक बढ्ने विश्वास


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२१ भदौं । बैंगलोरमा आयोजना गरिएको प्यासिफिक एसिया ट्राभल एजेन्ट्स (पाटा)को ३८औँ अन्तराष्ट्रिय सम्मेलन तथा (पाटामार्ट) पर्यटन व्यापार मेलामा नेपालको पर्यटकीय गन्तव्य र आकर्षणका बारेमा विश्व बजारमा प्रचारप्रसार गरिएको छ ।
भदौ २० गतेदेखि शुरु भएको ३ दिने सो सम्मेलनमा एसिया, युरोपलगायत अन्य मुलुकका करिब २ सय ५० ट्राभल तथा टुर व्यवसायी हहभागी रहेका छन् । सम्मेलनमा राखिएको नेपालको आकर्षक कक्षले सगरमाथा, लुम्बिनीलगायत पर्वतीय, साहसिक पर्यटनको महत्व र देशको जैविक विविधतालाई झल्काएको छ ।

सम्मेलनमा सहभागी हुन आउनेहरुले पनि अभिरुचिपूर्वक नेपाली कक्षको अवलोकन गरेका छन् भने नेपालमा बढी संख्यामा पर्यटक पठाउने आश्वासन दिएका छन् । भारतको कर्नाटक राज्यका पर्यटन तथा उद्योगमन्त्री आरभी देशपाण्डेले पनि नेपाली कक्षको अवलोकन गरी उच्च प्रशंसा गरे । विदेशी टुर अपरेटर र नेपाली व्यवसायीबीच पर्यटकीय उत्पादन र सेवाको किनबेचका लागि अन्तत्र्रिmया भएको पनि भएको थियो ।

मेलामा पर्यटन विकासका लागि नयाँ रणनीति र योजना बनाउने बारेमा छलफल र सम्पदाको प्रचारप्रसार गरिएको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले बताए । ‘यस पर्यटन मेलामा नेपालको सशक्त रुपमा प्रस्तुति रहेको छ,’ उनले भने, ‘जसले भूकम्पपछि नेपालमा पर्यटन क्षेत्रमा परेको नकारात्मक असरलाई कम गर्न सम्मेलन उपयोगी भएको छ ।’

मेलामा चीन, भारत, क्यानाडा, अमेरिका, जापानलगायत देशका पर्यटन व्यवसायीले नेपालको पर्यटकीय सम्पदा र वर्तमान नेपालको अवस्थाबारेमा जिज्ञासा राखेका थिए । सम्मेलनमा नेपालबाट पाटा, नेपाल च्याप्टर, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, यति ट्राभल्सलगायत ट्राभल र टुर क्षेत्रका सघंसंस्थाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL