Logo

बिदेशबाट तत्कालै नेपाल फर्कन चाहने नेपाली २४ हजारभन्दा बढी, यसरी गर्दैछ सरकारले उद्धार (सूचीसहित)

बिदेशबाट तत्कालै नेपाल फर्कन चाहने नेपाली २४ हजारभन्दा बढी, यसरी गर्दैछ सरकारले उद्धार (सूचीसहित)



काठमाडौं । कोरोना भाईरसको महामारी फैलिए पछि सरकारले बिभिन्न मुलुकबाट २४ हजार नेपालीको उद्धार गर्ने भएको छ । विभिन्न देशमा रहेका नेपाली दूतावास र नियोगहरुबाट प्राप्त विवरण अनुसार पहिलो प्राथमिकताका आधारमा उद्दार गर्नुपर्ने नागरिकको संख्या २४ हजार १ सय ४८ जना रहेको छ ।

laxmi

सरकारले बिभिन्न ३० ओटा देशबाट २४ हजार १ सय ४८ जनालाई तत्काल उद्धर गर्नु पर्ने भन्दै विवरण तयार गरेको हो । सोही अनुसार परराष्ट्र मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सोमबार उक्त विवरण बुझाएका हुन ।

तत्काल उद्धार गर्नु पर्ने देशहरुमा सबै भन्दा बढी साउदी अरबमा ६ हजार ६ सय २४ जना रहेका छन भने सबै भन्दा कम लाओसमा २ जना रहेका छन । साउदी अरेबिया पछि मलेसियाबाट ६ हजार ४ सय २५ जना रहेका छन भने कतारबाट ३ हजार ६ सय ८ जना रहेका छन ।

खान र बस्न समस्या परेका, रोजगारी गुमाएका र कम्पनीले टिकट नदिएका तथा विभिन्न संकटमा परेकाहरुलाई यो सूचीमा समावेश गरिएको छ । सम्बन्धित कम्पनीले टिकट काटेर पठाउने श्रमिक भने यसमा समावेश गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL