Logo

निगमले लकडाउनमा ३४ चार्टर उडान भर्यो, बिदेशमा २३ र देशभित्र ११ उडान

निगमले लकडाउनमा ३४ चार्टर उडान भर्यो, बिदेशमा २३ र देशभित्र ११ उडान



काठमाडौं । नेपाल वायुसेवा निगमले लकडाउन अवधिभर आन्तरिक तथा बाह्य गरेर ३४ विमान चार्टर उडान भरेको छ । निगमले आन्तरिक ११ र बाह्य २३ गरी विभिन्न कार्यका लागि लकडाउन अवधिभर उक्त चार्टर उडान गरेको हो ।

laxmi

यस्तै निगमले महामारीको अवस्थामा अत्यावश्यक मानिएको मेडिकल सामग्री आयातका लागि मात्रै ९ ओटा कार्गाे विमान चार्टर उडान गरेको जानकारी दिएको छ । जसमध्ये ६ ओटा कार्गाे विमानले चिनको छाङ्सामा विमान चार्टर उडान भरेको थियो ।

यस्तै अन्य कार्गाे विमानहरु भने चीनकै बेईजिङ चार्टर उडार गरिएको थियो । यस्तै यात्रु ल्याउनका लागि गरिएका १४ चार्टर विमानमध्ये जापानमा ७, हङकङमा ३, अष्ट्रेलियामा २ र ढाका र दिल्लीमा १ १ पटक चार्टर उडान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL