Logo

वायुसेवा कम्पनीले तिर्नुपर्ने पार्किङ शुल्कमा छुट, प्रधानमन्त्री राेजगार कार्यक्रममार्फत २ लाख युवालाई राेजगारी प्रदान

वायुसेवा कम्पनीले तिर्नुपर्ने पार्किङ शुल्कमा छुट, प्रधानमन्त्री राेजगार कार्यक्रममार्फत २ लाख युवालाई राेजगारी प्रदान



काठमाडौं । सरकारले कोरोनाका कारण वायुसेवा कम्पनीले तिर्नुपर्ने पार्किङ शुल्क, उडान दस्तुर आदिमा छुट दिने भएको छ ।

laxmi

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक बर्षको बजेट विनियोजन कार्यक्रममा बोल्दै वायुसेवा कम्पनीले तिर्नुपर्ने पार्किङ शुल्क, उडान दस्तुर आदिमा छुट दिने बताएका हुन । त्यस्तै उनले कोरोनाका कारण रोजगारी गुमेकालाई विकास निर्माणमा परिचालन गरिने, प्रधानमन्त्री रोजगार कार्यक्रममा २ लाख युवालाई रोजगारी उपलब्ध गराउन ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन ।

त्यस्तै सरकारले घरेलु, साना तथा मझौला उद्योग, कोरोना प्रभावित पर्यटनलगायत उद्योगका कर्मचारीलाई पारिश्रमिक दिन ५ प्रतिशत ब्याजमा रकम दिन ५० अर्बको कोष स्थापना गरेको छ । कृषि घरेलु साना मझौला उत्पादनमूलक होटल पर्यटन ५ प्रतिशतसम्म ब्याजमा ऋण दिन १ खर्बको पुनर्कर्जा कोषको ब्यवस्थापन गरेको छ । विदेशमा रहेकालाई स्वदेश फर्काउन आवश्यक बजेट विनियोजन गरेकोसमेत अर्थ मन्त्री खतिवडाले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL