Logo

तारे होटल ६ महिनासम्म बन्द गर्ने हानको निर्णय : कामदारलाई साढे १२ प्रतिशत मात्र तलब, असहमति जनाउने कर्मचारीलाई हटाइने

तारे होटल ६ महिनासम्म बन्द गर्ने हानको निर्णय : कामदारलाई साढे १२ प्रतिशत मात्र तलब, असहमति जनाउने कर्मचारीलाई हटाइने



काठमाडौं । होटल व्यवसायीले ६ महिनासम्म होटल बन्द गर्ने निर्णय गरेका छन् । आइतबार बसेको होटल एसोसिएसन अफ् नेपाल (हान) को बैठकले कोरोना भाइरसको कारण होटल व्यवसाय सबैभन्दा मारमा परेको र लकडाउन खुलेपछि पनि व्यापार हुने सम्भावना नरहेकाले असोजसम्म सबै होटल बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले सबै ठूला व्यवसायीले कम्तीमा ५० प्रतिशत तलब कर्मचारीलाई दिनैपर्ने निर्णय गरेपछि होटल व्यवसायीले होटल नै बन्द गर्ने निर्णय गरेका हुन् ।
उनीहरुले कर्मचारीलाई होटल बन्द रहँदा पनि आधारभूत तलबको १२ दशमलव ५ प्रतिशत तलब दिने बताएका छन् । यदि यो तलब नदिने र असहमति जनाउने कर्मचारीलाई सेवा सम्झौता रद्द गरेर निष्कासन गर्ने व्यवसायीको तयारी छ ।

१२ दशमलव ५ प्रतिशत तलब लिन असहमत गरेको समयदेखि सबै सदस्य होटलले श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतीको प्रक्रिया सुरुरू गरेको सूचना दिएर आंशिक वा पूर्णरुपमा कर्मचारी कटौती गरिने निर्णय सङ्घले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL