Logo

नेपाल–भारत पर्यटनलाई कोरोना संकट पछि नयाँ गति दिने बोर्डको तयारी, भारतीय पर्यटन ब्यवसायीले के भने ?

नेपाल–भारत पर्यटनलाई कोरोना संकट पछि नयाँ गति दिने बोर्डको तयारी, भारतीय पर्यटन ब्यवसायीले के भने ?



काठमाडौं । नेपाल पर्यटन बोर्डले कोरोनाको संकटपछि नयाँ गति दिने गरी तयारी थालेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पर्यटनसँग सम्बन्धित भारतीय संघ–संस्थाका प्रमुखहरुसँग नेपाल–भारत पर्यटनलाई कोरोना संकट पछि नयाँ गति दिने गरी छलफल गरेका छन ।

laxmi

छलफलमा भारतीय ट्राभल एजेण्टस एसोसियनका अध्यक्ष ज्योति मयल, भारतीय आन्तरिक पर्यटन टुर अपरेटर एसोसिएसनका पिपि खन्ना, भारतीय एड्भेन्चर टुर अपरेटर एसोसिएसनका क्याप्टेन स्वदेश कुमार, भारतीय ट्राभल एजेण्टस फेडेरेसनका प्रदिप लुल्ला र भारतीय आउटबाउण्ड टुर अपरेटर्स एसोसिएसनका महेन्द्र भखारियासँग अनलाईन छलफल गरेको बोर्डले जानकारी दिएको छ ।

बोर्डले वर्तमान संकटका समयमा नेपालमा भएका पर्यटकलाई आफ्नो देश फर्किन गरिएको कामका बारेमा, नेपाली पर्यटन उद्योगको क्षति विवरणका लागि सर्भेक्षण गरिरहेको, नेपाल सरकारसँग पर्यटन उद्योगलाई राहत प्याकेजका लागि गरिरहेको पहलकदमी, नेपाली पर्यटन उद्योगलाई आगामी दिनमा आवश्यक हुने हाइजिन स्यानिटेशनको ब्यवस्था, भारतीय बजार लक्षित हिलस्टेशन र मझौला पहाडी भागमा नयाँ पर्यटकिय गन्तब्यको विकासका साथै ती स्थानहरुमा मनोरञ्जनका आयामका लागि बोर्डले गरिरहेको पहलहरुका बारेमा जानकारी दिएको छ ।

छलफल कोरोना पछिका दिनमा भारतीय पर्यटकहरुको नेपाल भ्रमणका लागि चाहिने आत्मविश्वासका लागि गरिनुपर्ने विविध अभियानका बारेमा केन्द्रित रहेको थियो । सहभागीहरुले भारतीय पर्यटकहरु भ्रमणमा सामाजिक दूरी र सुरक्षाका विषयमा बढी सचेत हुने बताउँदै नेपालले गन्तब्यहरुको प्रबन्ध गर्न आग्रह गरेका छन । नेपालको यो संकटमा हालसम्म शुन्य मृत्युको अवस्थाले आगामी दिनमा भारतीय बजारहरुमा छुट्टै स्थान बनाउने र नेपाल प्रतिको विश्वास अझ बढाउने सहभागीहरुले बताएका थिए ।

साथै छलफलका सहभागिहरुले नेपाली र भारतीय ट्राभल उद्योगले समन्वयमा काम गरी भारतीय पर्यटकलाई नयाँ आत्मविश्वास प्रदान गर्नुपर्ने आवश्यकता औल्याएका थिए । नेपाली आतिथ्यता र सत्कारलाई नेपाली पर्यटनको आधारलाई मनन गरी नेपालको नयाँ परिचय स्थापित गराउने कार्यलाई तिब्रता दिनसमेत उनीहरुले बोर्डलाई सुझाव दिएका छन । बजारिकरण र प्रवर्द्धनका कार्यमा नेपाली र भारतीय समकक्षीहरुको संयुक्त प्रयास गराउन भारतीय पर्यटन संघ–संस्थाहरुले आफ्नो सदस्यहरुलाई सकृय गराउने सहभागिहरुले प्रतिबद्धता जनाएका छन ।

त्यस्तै नेपाल–भारत पर्यटन टास्कफोर्स समिति बनाउन नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख रेग्मीले गरेका प्रस्तावलाई आगामी दिनका छलफलले टुंग्याउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL