Logo

अप्रिल ३० सम्मका लागि अराईभल भिषामा प्रतिबन्ध, नेपाल आउनेले स्वास्थ्य जाँच गराएर मात्रै आउन पाउने

अप्रिल ३० सम्मका लागि अराईभल भिषामा प्रतिबन्ध, नेपाल आउनेले स्वास्थ्य जाँच गराएर मात्रै आउन पाउने



काठमाडौं । अद्यागमन विभागले आज रातीदेखि लागु हुनेगरी आगमन भिषामा प्रतिबन्ध लगाएको छ । विभागले शुक्रबार एक सुचना जारी गर्दै विभिन्न मुलुकबाट नेपाल आउने भिषामा प्रतिवन्ध लगाएको हो ।

बिहीबार विश्व स्वास्थ्य संगठनले हालै विश्वभर फैलिएको कोरोना भाईरसलाई महामारीको संज्ञा दिएपछि विभागले उक्त निर्णय गरेको हो । मन्त्रपरिषदबाट पारित उक्त निर्णय अनुसार अब विदेशी पर्यटकलाई नेपालमा प्रतिबन्ध लगाईएको हो ।

अप्रिल ३० सम्मका लागि उक्त नियम लागु हुने विभागले जारी गरेको सुचनामा उल्लेख छ । विभागले जारी गरिएको सुचनामा विदेशबाट नेपालमा नआई नहुनेहरुले भने आफ्नो स्वास्थ्य जाँच गरेर मात्रै आउनु अनुरोध गरिएको छ । यस्तै विदेशबाट नेपाल आउने गैरआवशीय नेपालीले भने कम्तीमा ७ दिनअघि नै स्वास्थ्य जाँच गरी मात्रै नेपाल आउन पनउने सुचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL