Logo

वायुसेवा संचालक संघको अध्यक्षमा पुन: थापा नियुक्त

वायुसेवा संचालक संघको अध्यक्षमा पुन: थापा नियुक्त



काठमाडौं । वायुसेवा सञ्चालक सङ्घको अध्यक्षमा पुनः सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापा चयन भएका छन् । संघको १९ औं साधारण सभाले उनलाई पुनः अध्यक्ष्यमा नियुक्त गरेको हो । साधारण सभाले प्रथम उपाध्यक्षमा यती एयरलाइन्सका अनुज रिमाल, द्वितीय उपाध्यक्षमा सौर्य एयरलाइन्सका गोपाल भट्ट, महासचिवमा समिट एयरलाइन्सका मनोज कार्की, सचिवमा मनाङ एयरका राजु न्यौपाने र कोषाअध्यक्षमा बुद्ध एयरका रुपेश जोशीलाई सर्वसम्मत चयन गरेको हो ।

laxmi

सङ्घका सदस्यहरुमा हेली एभरेष्टका योगराज कँडेल, एयर डाइनेस्टीका बालकृष्ण पण्डित, कैलाश हेलिकप्टरका बरुण ज्ञवाली, अल्टिच्युड एयरका निमानुरु शेर्पा, सिम्रिक एयरलाइन्सका प्रज्ज्वल थापा र प्रभु हेलिकप्टरका सुवास अमात्य रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL