Logo

द्विपक्षीय हवाई बार्ताका लागि नेपाली टोली चीन प्रस्थान, हट्ला त ‘स्लट’को समस्या

द्विपक्षीय हवाई बार्ताका लागि नेपाली टोली चीन प्रस्थान, हट्ला त ‘स्लट’को समस्या



काठमाडौं । नेपाल र चीनबीच द्विपक्षीय हवाई बार्ताका लागि नेपाली टोली चीन जाने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा ७ जनाको टोली चीन जाने भएको हो ।

laxmi

मन्त्रालयका अनुसार नेपाल र चीनबीच दुईतर्फि उडान गर्ने सम्झौता भए पनि चीनले मात्रै एक तर्फि उडान गरे पछि नेपालले पनि सोही अनुसारको उडान पाउनु पर्ने भन्दै बार्ताको लागि जान लागेको हो । बार्ता यही बिहीबार र शुक्रबार बेइजिङमा हुने भएको छ ।

मन्त्रालयका सहसचिव सुरेश आचार्यले द्विपक्षीय बार्तामा नेपाल वायु सेवा निगम र हिमालय एयरलाईन्सलाई चीनमा उडान भर्नको लागि भएका समस्यामा छलफल केन्द्रित हुने बताएका छन । साथै चीनमा नेपाली कम्पनीहरुलाई स्लटको मुख्य समस्या रहेको छ । जस्ले गर्दा चिनियाँ विमानस्थलहरुले नेपाली कम्पनीलाई उडानको अनुमति दिन सकेको छैन । ‘हामी त्यसलाई सहजीकरण गरेर बार्ता सफल बनाउने प्रयासमा लाग्ने छौं आचार्यले भने ।’

अघिल्लो साता सरकारले नेपाल र चीनबीच हुने हवाई सेवा सम्झौता पुनरावलोकनको स्वीकृति दिएको थियो । मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र चीन सरकारका प्रतिनिधिमण्डलबीच चीनको राजधानी बेइजिङमा हुने द्विपक्षीय वार्ताका लागि समिति गठन गर्ने निर्णय गरेको थियो ।

त्यसपछि पर्यटन मन्त्रालयले हिमालय र नेपाल वायुसेवा निगमसँग वार्तामा उठाउनु पर्ने कुनै विषय भए पठाउन आग्रह गर्दै पत्र पठाएको थियो । उनीहरुबाट आएको सुझावलाई समेटेर वार्तामा बस्न लागिएको सहसचिव आचार्यले जानकारी दिएका छन ।

सन २०१४ मा भएको द्विपक्षीय वार्ताले नेपाल र चीनबीच सातामा दुईतर्फी ५६/५६ उडान गर्न सकिने व्यवस्थामा सम्झौता भएको थियो । सम्झौता अनुसार चीनबाट एकतर्फि जहाज नेपाल आउने र नेपालबाट भने कुनै जहाजले उडान अनुमति नलिए पछि बार्ताको लागि टोली त्यस तर्फ प्रस्थान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL