Logo

कानुन विपरित भ्याट संकलन गर्दै राष्ट्रिय निकुञ्ज, तत्काल रोक्न मन्त्रालयको पत्र

कानुन विपरित भ्याट संकलन गर्दै राष्ट्रिय निकुञ्ज, तत्काल रोक्न मन्त्रालयको पत्र



काठमाडौ । बिभिन्न राष्ट्रिय निकुञ्जको प्रवेश शुल्कमा अतिरिक्त कर भ्याट लगाउन नपाउने भए पनि उनिहरुले मूल्य अभिबृद्धि कर लिँदै आएका छन ।

laxmi

सरकारले हवाई यातायात, बस, पुस्तकालय, संग्राहलय, चिडियाघर तथा बनस्पति उद्यान, राष्ट्रिय निकुञ्जको प्रवेश शुल्कमा भ्याट छुट गराएको छ । तर निकुञ्जहरुले भने १३ प्रतिशत भ्याट लगाउँदै आएको छ ।

मुल्य अभिबृद्धि कर ऐन, २०५२ मा उल्लेख भए अनुसार ति स्थानहरुमा कुनै भ्याट लगाउन नपाउने सरकारी नियम भए पनि उक्त नियमको उल्लंघन गर्दै सगरमाथा राष्ट्रिय निकुन्ज, चितवन राष्ट्रिय निकुन्ज, अन्नपूर्ण संरक्षण क्षेत्र लगायतले नेपाली तथा विदेशी पर्यटकलाई शुल्क बाहेक अतिरिक्त १३ प्रतिशत भ्याट लिँदै आईरहेको छ ।

सरकारले आर्थिक ऐन २०५४ मा उल्लेख गरिए अनुसार आधारभूत कृषि उत्पादन, आवश्यक्ताका बस्तुहरु, जीवजन्तु वा सोकोे उपज, स्वास्थ्य सेवा, शिक्षा, साँस्कृतिक कलात्मक र कालीगढ सेवा तथा निकुञ्जहरुको प्रवेशमा कर छुटको ब्यवस्था गरिएको छ ।

सरकारले कर छुटको ब्यवस्था गरिए पनि सरकारकै मातहतमा रहेका निकायहरुले भने निकुन्जहरुको प्रवेशमा शुल्क बाहेक १३ प्रतिशत भ्याट समेत लिँदै आएको छ । सगरमाथा निकुञ्जको प्रवेशमा विदेशी पर्यटकले २६ सय ५४ रुपैयाँ प्रवेश शुल्क बझाए पुग्ने भए पनि निकुञ्जले ३ सय ४५ रुपैयाँ भ्याट सहित ३ हजार रुपैयाँ लिने गरेको छ ।

त्यसतै विदेशी पर्यटकसँगै जाने नेपाली गाईडहरुले समेत उक्त भ्याट बुझाउँदै आएको नेपाली गाईडहरुले बताउँदै आएका छन । नेपाली गाईडहरुले उक्त क्षेत्रमा जाँदा प्रवेश शुल्क १३ सय ७२ रुपैयाँ बुझाउनु पर्ने भए पनि निकुञ्जहरुले १३ प्रतिशत भ्याटले हुन आउने रकम १७२ रुपैयाँ सहित १५ सय रुपैयाँ बुझाउनु पर्छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने नियम विपरित उठाएको भ्याट बन्द गर्न सम्वन्धित निकायलाई पत्र पठाईसकेको जानकारी दिए पनि निकुञ्जहरुले भने उक्त भ्याट बापतको रकम लिन छाडेको छैन ।

मन्त्रालयले लिन नपाउने बताए पनि प्रकृति संरक्षण कोषका सुचना अधिकारी विख्यात शेरचनले भने आफुहरुले लिएको उक्त १३ प्रतिशत भ्याट रकम कानुन बमोजिमनै लिएको दाबी गरेका छन । तर मुल्य अभिबृद्धि कर ऐन, २०५२ र मुल्य अभिबृद्धि कर नियमावली २०५३ मा भने उक्त क्षेत्रमा प्रवेश शुल्क बाहेक अन्य कुनै कर लिन नपाउने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL