Logo

र्याडिसन होटलले जिएम फेर्यो, जर्मनीकी जनेट फिट्ज्नर नियुक्ती

र्याडिसन होटलले जिएम फेर्यो, जर्मनीकी जनेट फिट्ज्नर नियुक्ती


बिजखबर संवाददाता
0
Shares

बिजखबर संवाददाता
१३ फागुन, काठमाडौं । ¥याडिसन होटल काठमाडौंको महाप्रबन्धक नया“ नियुक्ती गरेको छ । होटलले जर्मन नागरिक जनेट फिट्ज्नरलाई महाप्रबन्धकमा नियुक्त गरेको हो । ¥याडिसनको चेनमा विक्री तथा बजार निर्देशककोरुपमा प्रवेश गरेकी फिट्ज्नर यसअघि ¥याडिसनका थुप्रै चेनमा महाप्रबन्धको जिम्मेवारी निर्वाह गरिसकेकी छन् ।
करीब २६ वर्षभन्दा बढी अन्तर्राष्ट्रिय अनुभव संगाल्नुभएकी फिट्ज्नरलाई महाप्रबन्धकमा नियुक्त गरेको होटलले मंगलवार विज्ञप्ती जारी गर्दै अनाएको छ । ‘सेवा क्षेत्रको लामो अनुभव संगाल्नु भएकी फिट्ज्नरलाई ¥याडिसन होटल काठमाडौंको महाप्रबन्धकमा नियुक्त गरेको घोषणा गर्दछौं’ विज्ञप्तीमा भनिएको छ ।
जर्मन तथा अंग्रेजी भाषमा पोख्त फिट्ज्नरले विजनेश एडमिनिष्ट्रेशनमा एमबीए गरेकी छन् ।
महाप्रबन्धकमा नियुक्ती भएपछि फिट्ज्नरले हर्षित मुद्रामो ¥याडिसन होटल काठमाडौंको प्रशंसा गर्दै आफ्नो समूहले उत्कृष्ट काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।  ‘¥याडिसन होटल काठमाडौं सुविधायुक्तको प्रतिकमात्रै होइन यो नेपाली सेवाको प्रतिक पनि हो’ उनले भनेकी छन् – ‘म नेपालमा बस्न र ¥याडिसन होटलको महाप्रबन्धकको भूमिका निर्वाह गर्न पाएकोमा हर्षित छु ।’ उनले नेपाल सांस्कृतिरुपमा धनी रहको र यहा“को व्यवसाय तथा जीवनशैली समेत वृद्धि हु“दै गएको बताएकी छन् ।
फेट्ज्नरले सन् १९८८ मा सेवा क्षेत्रमा आफ्नो ‘करिअर’ शुरू गरेकी हुन् । उनले सन् १९९२ मा ¥याडिसन एसएएस होटल डुस्सेल्डोर्फमा विक्री तथा बजार निर्देशककोरुपमा काम शुरू गरेकी थिइन् । त्यसपछि सन् २००० बाट उहा“ले सोही होटलबाट महाप्रबन्धकको जिम्मेवारी शुरू गरिन् । सन् २००३ मा उनी हम्बर्गस्थित ¥याडिसन होटल एसएसमा होटल प्रबन्धक भइन् । त्यसपछि सन् २००६ सम्म ¥याडिसन होटलस सान्सेनमा महाप्रबन्धकको जिम्मेवारी निभाइन् । त्यसपछि उहा“ले ¥याडिसन डेइरा क्रिक दुवाई र ¥याडिसन ब्ल्यू रेसोर्ट फेजइरामा समेत महाप्रबन्धकको जिम्मेवारी निर्वाह गरेको होटलले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL