काठमाडौं । हवाई यात्रा विश्वव्यापी सम्पर्कको लागि यातायातको सबैभन्दा महत्त्वपूर्ण माध्यमहरू मध्ये एक हो । किनकि यसमा छोटो अवधिमा लामो दूरी तय गर्ने क्षमता हुन्छ, जसले पर्यटन र व्यवसायलाई सहज बनाउँछ ।
हवाई यात्रामा यात्रुहरूको लागि उत्कृष्ट उडान अनुभव सुनिश्चित गर्न विलासिता र आराम जस्ता कारकहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् । सुरक्षा सर्वोपरि छ र यो एयरलाइन्स कम्पनीको प्रमुख जिम्मेवारी हो । केही दिनअघि भारतको अहमदाबाद विमानस्थल नजिकै एयर इन्डियाको उडानमा भएको दुखद दुर्घटना पछि यात्रु सुरक्षा फेरि एक पटक समाचारको विषय बनेको छ ।
यसैबीच, AirlineRatings.com ले विश्वको सबैभन्दा सुरक्षित पूर्ण–सेवा एयरलाइन्सको २०२५ को श्रेणीकरण जारी गरेको छ । यी एयरलाइन्सहरूलाई दुई वर्गमा वर्गीकृत गरिएको छ ः पूर्ण–सेवा प्रदान गर्ने एयरलाइन्स र कम लागत एयरलाइन्स । सूचीलाई अन्तिम रूप दिनुअघि धेरै कारकहरू विचार गरिन्छ । ती मध्ये केही फ्लिटकोे उमेर, फ्लिट आकार, घटनाहरूको दर, पाइलट सीप र प्रशिक्षण, आदि । यो छनौट ३८५ एयरलाइन्सको व्यापक मूल्यांकनमा आधारित छ ।
२०२५ का लागि शीर्ष १० पूर्ण सेवा प्रदान गर्ने विश्वका सबैभन्दा सुरक्षित एयरलाइन्सहरू
-एयर न्यूजील्याण्ड
-क्वान्टास
-क्याथे प्यासिफिक, कतार एयरवेज, एमिरेट्स
-भर्जिन अस्ट्रेलिया
-इतिहाद एयरवेज
-एएनए
-इभा एयर
-कोरियन एयर
-अलास्का एयरलाइन्स
-टर्किस एयरलाइन्स
२०२५ का लागि शीर्ष १० सबैभन्दा सुरक्षित कम लागतका एयरलाइन्सहरू
-हङकङ एक्सप्रेस
-जेटस्टार समूह
-रायनएयर
-इजीजेट
-फ्रन्टियर एयरलाइन्स
-एयर एसिया
-विज एयर
-भियतजेट एयर
-साउथवेस्ट एयरलाइन्स
-भोलारिस