Logo

वाइडबडी काण्ड : मन्त्री सचिवदेखि डिजीसम्म ३२ जना विरुद्ध मुद्दा दायर

वाइडबडी काण्ड : मन्त्री सचिवदेखि डिजीसम्म ३२ जना विरुद्ध मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग आयोगले दुइ वटा वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

laxmi

बिहीबार अख्तियारले विशेष अदालतमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार आरोपमा तत्कालिन पर्यटन मन्त्रीदेखि डिजीसम्मलाई मुद्दा दायर गरेको हो ।

जसमा पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगतरत्न कंसाकार, पूर्व पर्यटन सचिव शंकरप्रसाद अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाईएको छ ।

यस्तै पूर्व अर्थसचिव शिशिर ढुङ्गाना, पर्यटन मन्त्रालयका तत्कालिन सहसचिव बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौला र अच्युतराज पहाडीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

यस्तै अख्तियारले टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे र अच्युतराज पहाडी त्यसबेला नेपाल वायुसेवा निगम सञ्चालक समिति सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL