Logo

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डको क्लासिक भ्यू रिसोर्टमा लगानी, पर्यावरणमैत्री निर्माण प्राथमिकतामा

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डको क्लासिक भ्यू रिसोर्टमा लगानी, पर्यावरणमैत्री निर्माण प्राथमिकतामा



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डले क्लासिक भ्यू रिसोर्टमा लगानी गरेको छ । ग्लोबल इक्विटी फण्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा संयुक्त रूपमा प्रवर्धन गरिएको उक्त फण्डले क्लासिक भ्यू रिसोर्ट एक लक्जरी पर्यावरण–मैत्री रिसोर्टमा लगानी गरेको हो ।

laxmi

हाल क्लासिक भ्यू रिसोर्ट निर्माणको अन्तिम चरणमा छ । जुन २०२४ मा सफ्ट ओपनिङ गर्ने योजना रहेको कम्पनीले जानकारी दिएको छ ।

एनआईआईएफबाट प्राप्त रकम रिसोर्टको निर्माण प्रक्रियालाई अन्तिम रूप दिन र अन्तरराष्ट्रिय मापदण्ड र प्रोटोकलहरू अनुरूप अन्तरराष्ट्रिय फ्रेन्चाइज रिसोर्टमा ल्याउन प्रयोग गरिनेछ । उक्त लगानीबाट, एनआईआईएफले प्रिमियर लक्जरी पर्यावरण मैत्री रिट्रीट गन्तव्य स्थापना गरी नेपालको पर्यटन क्षेत्रमा योगदान दिन खोजेको छ ।

ग्लोबल इक्विटी फण्डका प्रबन्ध निर्देशक डा. मनिष थापाले यो साझेदारीले नेपालमा दिगो पर्यटन विकासलाई प्रवर्धन गर्ने बताए । ‘यसको अनुपम स्थान र पर्यावरण–मैत्री सञ्चालनको प्रतिबद्धताका साथ क्लासिक भ्यू रिसोर्ट हाम्रा घरेलु र अन्तरराष्ट्रिय पाहुनाहरूका लागि प्रमुख गन्तव्य बन्ने हाम्रो विश्वास छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL