Logo

रास्वपाले टुंग्यायो मन्त्री हुनेको नाम, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

रास्वपाले टुंग्यायो मन्त्री हुनेको नाम, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रालयको जिम्मा दिने सांसदको नाम टुंगो लगाएको छ । रास्वपाले तीन मन्त्रालय र एक राज्यमन्त्री पाउने भएपछि सोहीअनुसार सांसदको नाम टुंगो लगाएको हो ।

यसअघि पार्टी अध्यक्ष उपप्रधानसहित गृहमन्त्री भइसकेका छन् । रास्वपाले शिक्षा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा स्वास्थ्य राज्यमन्त्री पाएको छ ।

रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्कीलाई पठाउने भएको छ । सत्तागठबन्धनमा मन्त्रालय भागबन्डा टुंगिएपछि मंगलबार बिहान पार्टी सभापित लामिछानेले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL