Logo

ईन्धनको मूल्य बढेसँगै बढ्यो हवाई भाडा, थपियो १७० देखि १०२० रुपैयाँसम्म

ईन्धनको मूल्य बढेसँगै बढ्यो हवाई भाडा, थपियो १७० देखि १०२० रुपैयाँसम्म



काठमाडौं । नेपाल वायुसेवा संचालक संघले हवाई भाडा वृद्धि गरेको छ । नेपाल आयल निगमले हवाई ईन्धनको मूल्य बढाएसँगै संघले पनि हवाई भाडामा जोडिने फ्युल सरचार्ज साविकको तुलनामा बढाएको हो ।

laxmi

संघले साविकको सरचार्जमा १ सय १७० रुपैयाँदेखि १ हजार २० रुपैयाँसम्म बढाएको हो । जसअनुसार साविकको भाडादरमा काठमाडौं सिमराको भाडामा १ सय ७० रुपैयाँ प्लस भएको छ भने विराटनगरदेखि नेपलागंजको भाडामा १ हजार २० रुपैयाँ थपिएको छ । यस्तै काठमाडौंबाट विभिन्न स्थानमा हुने उडानको पनि फ्युल सरचार्ज बढेसँगै भाडा पनि बढेको हो ।

फ्युल सरचार्ज उडानको दूरीका आधारमा तय हुन्छ । जसअनुसार छोटो दूरीमा कम ईन्धन खर्च हुने भएपछि सोही अनुसार फ्युल सरचार्ज पनि कम हुन्छ । यस्तै लामो दूरीमा बढी ईन्धन खर्च हुने भएपछि फयुल सरचार्ज पनि सोही अनुसार बढ्दै जान्छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य १९ रुपैयाँले बढाएको छ । जो आईतबार राति १२ बजेदेखि लागु भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL