Logo

बजेटले नसमेटेको पर्यटन क्षेत्र, सामान्य सुझाव पनि सम्बोधन नहुँदा निराश व्यवसायी

बजेटले नसमेटेको पर्यटन क्षेत्र, सामान्य सुझाव पनि सम्बोधन नहुँदा निराश व्यवसायी



काठकाडौं । कोरोना महामारीले सबैभन्दा बढी प्रभावित बनेको क्षेत्र नै पर्यटन क्षेत्र हो । विश्वभरीका देशले यात्रामा प्रतिवन्ध लगाउँदा नेपालमा पनि सोही कार्यको सिको गरियो र लकडाउनको घोषणा गरियो । यस अवधिमा न आन्तरिक पर्यटकले नेपाल घुमे न बाह्य पर्यटक नै आए । त्यसो हुँदा पर्यटन व्यवसायहरु धराशायी भए, धेरैजसो व्यवसायीहरु त पलायन नै भए ।

laxmi

यो कुरालाई मध्येनजर गर्दै आर्थिक बर्ष २०७७/७८ र २०७८/७९ मा सरकारले पर्यटन क्षेत्रलाई पुग्नेगरी भरपुर नीतिगत व्यवस्था गरिदियो । केहि व्यवस्थाहरु कार्यान्वयन हुँदा पलायन भएका होटल तथा पर्यटन व्यवसायीहरु पुनः व्यवसायमा फर्किए भने कतिपयको अवस्था पुरानै छ । अझै पनि कोरोनाले असर पारेका क्षेत्रहरुमध्ये भर्खरै विस्तारै लयमा फर्किरहेको क्षेत्र पर्यटन् हो ।

यस्तो बेलामा आगामी आर्थिक बर्षको बजेटले भने आफ्ना समस्याहरु समाधान नगरिदिएको पर्यटन सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

आगामी आर्थिक बर्षको बजेटमा सरकारले खुट्टा टेक्न सक्ने भएका पर्यटन व्यवसायलाई माथि उक्लिने खालको बजेट ल्याउनुपर्नेमा त्यस्तो नगरेको होटल एशोसियन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन् । उनका अनुसार जसरी पर्यटन तथा होटल क्षेत्रलाई आगामी आर्थिक बर्षको बजेटमार्फत अघि बढाउनुपर्ने थियो सोही अनुसार समेटिएको छैन ।
आगामी २ आर्थिक बर्ष आएको बजेटमा पर्यटन क्षेत्रलाई टिकाईराख्ने खालको बजेट आएपनि यसपल्टको बजेटले भने धेरैजसो कुरा नसमेटेको उनको भनाई छ । ‘पछिल्लो समय कोरोना र रुस युक्रेनको युद्धका कारण धेरैजसो पर्यटन विदेश घुम्ने मनसायमा छैनन् केहिले मात्रै घुमिरहेका छन्,’ उनले भने, ‘ति केहि पर्यटकलाई पनि नेपालमै आकर्षित गर्नका लागि बजेट, नीति तथा कार्यक्रममा समेट्नु पर्ने थियो समेटिएन ।’

यता होटल व्यवसायी महासंघको भनाई पनि त्यस्तै छ । महासंघका अध्यक्ष हिराधोज शाह पनि साना तथा मझौला होटल संचालन गरिरहेका व्यवसायीलाई कुनै पनि बजेटले नसमेटेको बताउँछन् । उनका अनुसार यसअघिका बजेटमा पनि ठुला होटल तथा पर्यटन क्षेत्रलाई मात्रै लक्षित गरी बजेटमा कार्यक्रमको घोषणा गरियो तर, देशमा साना होटल पनि छन भन्ने ख्याल गरिएन ।

आगामी आर्थिक बर्षको बजेटमा पनि साना लगानीका होटलको लागि कुनै पनि व्यवस्था नगरिएको प्रति आफु असन्तुष्ट रहेको उनको भनाई छ ।

यस्तै नेपाल एसोसीएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)का अध्यक्ष गंगा प्रसाद नेपाल पनि बजेटले आफ्नो केहि साना साना सुझावसमेत नसमेटेको बताउँछन् । यसपल्टको बजेटका र्याफ्टिङ व्यवसायीहरुले र्याफ्टिङ गर्ने स्थानसम्म पुग्न पहूँच मार्ग, खोलाको किनारमा शौचालयलगायतका पूर्वाधार विकासका सामान्य माग तथा सुझावहरु राखेका थिए । तर, उक्त सानासाना सुझावहरु पनि बजेटले सम्बोधन गरिदिएन ।

खासगरी सरकारले आगामी २ आर्थिक बर्षको बजेटमार्फत पनि र्याफ्टिङ व्यवसायलाई पनि नहेरेका उनकोे गुनासो छ ।
नेपाली अर्थतन्त्रमा पर्यटन क्षेत्रलाई वैदेशिक मुद्रा भित्र्याउने प्रमुख स्रोतका रुपमा लिईन्छ । नेपालमा विदेशी मुद्रा भित्र्याउनमा पर्यटन क्षेत्रको योगदान विप्रेषण पछि दोस्रो स्थानमा पर्दछ । तर, यहि क्षेत्रलाई सरकारले उपेक्षा गरिदिँदा अर्थतन्त्रमा नै असर पर्ने व्यवसायीहरु बताउँछन् ।

हुन त पर्यटन क्षेत्रका लागि भन्दै सरकारले आगामी आवको बजेटमा ९ अर्ब ३८ करोड रुपैयाँ छुट्याएको छ । तर, यस्तो रकम आवश्यक कामका लागि नभई सपना बाँड्ने खालको योजनाका लागि छुट्याईएको आरोप पर्यटन सम्बद्ध व्यवसायीहरुको छ ।
सरकारले १ बर्षमा १० लाख पर्यटन भित्र्याउने, काठमाडौंदेखि चितवन २ घण्टामा पुग्ने, सगरमाथा २ घण्टामा पुग्नेलगायतका सपना बाँड्ने योजना बजेटमा राखेपनि व्यवसायीहरुलाई सहज हुने खालको योजना नभएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL