Logo

इलामको सुकिलुम्बा विमानस्थलमा निगमको परिक्षण उडान सफल, नियमित उडान संचालनको तयारी

इलामको सुकिलुम्बा विमानस्थलमा निगमको परिक्षण उडान सफल, नियमित उडान संचालनको तयारी



इलामको काठमाडौं । नेपाल वायुसेवा निगमको जहामार्फत इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परिक्षण उडान गरिएको छ । निगमको टिव्न अट्टर (९एन एबीटी) विमानद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट परिक्षण उडान गरिएको हो ।

निगमको उक्त जहाज बुधबार विहान ९ः०५ मिनेटमा उडी इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा विहान १०ः०२ मिनेटमा सकुशल अवतरण गरी सफल परीक्षण उडान सम्पन्न गरिएको थियो । उक्त परीक्षण उडान गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलको विशेष निर्देशन थियो ।

उक्त परीक्षण उडानको प्रतिवेदन तयार भए पश्चात सुरक्षाका सम्पूर्ण सिफारिसहरु अवलम्बन गर्ने गरी निगमले नियमित उडान संचालनको तयारीको प्रक्रिया अघि बढाउने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL