Logo

बतास समूहसँग पशुपति धर्मशालाको सम्झौता रद्द गर्न सिफारिस, कोषका कर्मचारी र पदाधिकारी कारबाहीको दायरामा

बतास समूहसँग पशुपति धर्मशालाको सम्झौता रद्द गर्न सिफारिस, कोषका कर्मचारी र पदाधिकारी कारबाहीको दायरामा



काठमाडौं । पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्न सिफारिस गरेको छ । बतास समुहले धर्मशाला भाडामा लिएर महंगोमा होटल चलाएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री पे्रम आलेको निर्देशनमा गठित छानविन समितिले उक्त सिफारिस गरेको हो ।

laxmi

सोही अनुरुप पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले गठन गरेको छानविन समितिले बतास समूहसँगको सम्झौता खारेज गर्न सिफारिस गरेको हो । छानविन समितिका संयोजक तथा कोषका कोषाध्यक्ष नारायण सुवेदीले आज मन्त्रालयका आयोजित पत्रकार सम्मेलनमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनन मन्त्रालयका सचिव तथा परिषदका सदस्य महेश्वर न्यौपानेलाई उक्त प्रतिवेदन बुझाएका छन् ।

छानविन समितिले उक्त प्रतिवेदनमा अधिकार प्राप्त निकायको स्वीकृति विना सम्झौता गरेको, बताससँग मात्रै मिल्ने मापदण्ड बनाएर ठेक्का गरेकाले मिलेमतो भएको हुनसक्ने देखिएको, स्वीकृतिविना संरचनाहरू थप गरिएको, सम्झौता विपरीत बेड संख्या तथा दररेट राखेर धर्मशाला सञ्चालन गरिएको, धर्मशालाभित्र विभिन्न कार्यालयहरू राखेको, समयमै भाडा नबुझाएको लगायतका कारण देखाएर सम्झौता रद्ध गर्न सिफारिस गरेको हो ।

साथै बताससँग सम्झौता गर्दा र मापदण्ड तय गर्दा पदीय दायित्व निर्वाह नगर्नेमाथि पनि कारवाही सिफारिस गरिएको छ । कोषलाई हानीनोक्सानी पुर्याउने कर्मचारी तथा कोषका तत्कालीन पदाधिकारी समेतलाई कारवाही गर्न प्रतिवेदनले सिफारिस गरेको छ ।

मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव महेश्वर न्यौपानेले प्रतिवेदन बुझ्दै कोषको सञ्चालक परिषदले नै समितिको प्रतिवेदन अध्ययन गरेर कारवाही गर्ने बताए । साथै अहिले कोभिड संक्रमणका कारण मन्त्री प्रेम आले आइसोलेसनमा रहेको कारण परिषदको बैठकबाटै छानविन समितिको सिफारिसअनुसार कारवाही सम्बन्धी निर्णय हुने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL