Logo

घटेन काठमाडौंको प्रदूषण, विश्वकै सबैभन्दा प्रदूषित सहरमा आजपनि पहिलो स्थानमा

घटेन काठमाडौंको प्रदूषण, विश्वकै सबैभन्दा प्रदूषित सहरमा आजपनि पहिलो स्थानमा



काठमाडौँ । शनिबार पनि काठमाडौँ विश्वकै प्रदूषित सहरका रूपमा कायम रहेको छ । बिहान ७ बजे जारी आईक्यू एयरको सूचीमा काठमाडौँको हावाको गुणस्तरले १ सय ७५ अङ्क प्राप्त गरेको छ । यसलाई अस्वस्थ मानिन्छ ।

laxmi

दोस्रो स्थानमा छिमेकी मुलुक चीनको राजधानी बेइजिङ रहेको छ । बेइजिङको हावाको गुणस्तर १ सय ६७ रहेको छ । त्यस्तै, तेस्रो स्थानमा भियतनामको हानोई सहर रहेको छ । त्यहाँ हावाको गुणस्तर १ सय ६३ छ ।

शीर्ष १० स्थानमा क्रमशः इन्डोनेसियाको मेदान, थाइल्याण्डको चियाङ माई, इराकको बगदाद, बंगलादेशको ढाका, भारतको नयाँ दिल्ली, इन्डोनेसियाको जकार्ता र म्यानमारको यानगोन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL