Logo

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक पोखरेलले दिए राजिनामा, नयाँ महानिर्देशक नियुक्तीको प्रक्रिया सुरु

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक पोखरेलले दिए राजिनामा, नयाँ महानिर्देशक नियुक्तीको प्रक्रिया सुरु



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक राजन पोखरेलले राजीनामा दिएका छन्। मंगलबार अवकाश हुनुभन्दा ३ दिन अघि नै उनले राजीनामा दिएका हुन् । उनको अवकाश असोज ८ गते स्वतः हुनेथियो । उनी २०७६ असार १३ गते प्राधिकरणको महानिर्देशक बनेका थिए ।

laxmi

पोखरेलले राजीनामा दिएस‌ँगै प्राधिकरणमा नयाँ महानिर्देशकको नियुक्तीको प्रक्रिया सुरु भईसकेको छ । जसमा ५ जनालाई हेरिएको छ । प्राधिकरणमा अहिले १२ तहमा रहेको ६ जना मध्ये ३ जना असोज ८ गते अवकाश हुँदै छन्।

त्यसबाहेक १२ तहमा रहेका उपमहानिर्देशक राजकुमार क्षेत्री पुस २५ गते र भोला गुरागाइँ फागुन २७ अवकाश हुँदै छन्। यस्तै उपमहानिर्देशक देवानन्द उपाध्याय र नरेन्द्रबहादुर थापाले भने राजीनामा दिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL