Logo

बुध्द एयरले भैरहवा र नेपालगञ्जमा उडान थप्यो, भैरहवामा दैनिक ९ तथा नेपालगञ्जमा ५ उडान हुने

बुध्द एयरले भैरहवा र नेपालगञ्जमा उडान थप्यो, भैरहवामा दैनिक ९ तथा नेपालगञ्जमा ५ उडान हुने



काठमाडौं । बुद्ध एयरले भैरहवा तथा नेपालगञ्जमा थप विस्तार गर्ने भएको छ । उडान थपसँगै कम्पनीले भैरहवामा दैनिक ९ तथा नेपालगञ्जमा ५ उडान हुने जनाएको छ । यसैगरि केही साताभित्रै धनगढीमा पनि थप १ उडान भर्ने कम्पनीले जनाएको छ ।

laxmi

बुध्द एयरले केही समय अगाडी मात्रै एटीआर–७२ जहाज थप गरेको थियो । यसैगरि आउँदो मे महिनामा अर्को एटीआर–७२ जहाज पनि थप्ने बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले बताएका छन् ।

जहाज थपिएसँगै ९ वटा एटीआर(७२, तीनवटा एटीआर(४२ र २ वटा विचक्राफ्ट गरि १४ जहाज बुध्द एयरसँग रहेको छ । बुध्द एयरले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ ।

यी बाहेक पोखराबाट भैरहवा र चितवनको उडान र काठमाडौं, पोखराबाट माउण्टेन फ्लाईट पनि गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL