Logo

कोरोनाले धराशायी पर्यटन क्षेत्रमा वैदेशिक लगानीको ओईरो, ८ महिनामा साढे १५ अर्बको स्विकृत, ८५ प्रतिशत हिस्सा चीनको

कोरोनाले धराशायी पर्यटन क्षेत्रमा वैदेशिक लगानीको ओईरो, ८ महिनामा साढे १५ अर्बको स्विकृत, ८५ प्रतिशत हिस्सा चीनको



काठमाडौं । विश्वभर फैलिएको कोराना महामारीका कारण सबैभन्दा बढी प्रभावित बनेको क्षेत्र हो पर्यटन उद्योग । नेपालकै कुरा गर्दा विभिन्न क्षेत्रका उद्योग व्यवसायहरु हालसम्म पुरानो लयमा फर्किसक्दा पनि पर्यटन क्षेत्र भने अझै तंग्रिन नै सकेको छैन ।

laxmi

सरकारका विभिन्न स्वास्थ्य सम्बन्धी मापदण्ड, र डरका कारण विदेशी पर्यटक भरपुर मात्रामा नेपाल आउन नपाउँदा यो क्षेत्र हालसम्म पनि डामाडोलको अवस्थामा पुगेको सम्बद्ध व्यवसायीहरु बताउँछन् । तर यही अवधिमा नेपालमा सबैभन्दा बढी विदेशी लगानी पर्यटन क्षेत्रमै भित्रिएको देखिन्छ ।

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय मातहतको उद्योग विभागका अनुसार पर्यटन क्षेत्रका लागि चालु आर्थिक बर्ष २०७७/७८ को पछिल्लो ८ महिनामा मात्रै नेपालमा साढे १५ अर्ब बढीको लगानी प्रतिवद्धता आएको छ ।

विभागका अनुसार विभिन्न ७९ ओटा परियोजनामार्फत नेपालमा १५ अर्ब ५६ करोड ८५ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । यो अवधिमा नेपालमा कुल २५ अर्ब ६५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएकोमा त्यसको झण्डै ६० प्रतिशत प्रतिवद्धता पर्यटन क्षेत्रमा मात्रै छ । तर यस अवधिमा पर्यटन क्षेत्रमा सबैभन्दा धेरै लगानी छिमेकी देश चीनबाट आएको पाईएको छ ।

विभागका अनुसार चीनबाट मात्रै पर्यटन क्षेत्रमा झण्डै १३ अर्ब बढीको लगानी प्रतिवद्धता आएको हो । अन्य देशबाट फाट्टफुट्ट आएको यस्तो लगानी प्रतिवद्धता चीनबाट भने सबैभन्दा धेरै रहेको पाईएको हो ।

तर गत आर्थिक बर्षको यही अवधिमा पर्यटन क्षेत्रका लागि भन्दै ८ अर्ब ७७ करोड रुपैयाँ मात्रै लगानी प्रतिवद्धता आएको थियो । जसमार्फत २ हजार ६ सय १६ जनालाई रोजगारी दिने बताईएको थियो । ६७ ओटा पर्यटन सम्बन्धी परियोजनामार्फत आएको यस्तो लगानी प्रतिवद्धता चीनबाटै धेरै थियो । उक्त अवधिमा कुल वैदेशिक लगानी प्रतिवद्धता २९ अर्व बढीको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL