Logo

‘क्यान्डी क्रश’का डेभलपर नेपालमा, एनसेल एप्स क्याम्पलाई सम्बोधन गर्ने

‘क्यान्डी क्रश’का डेभलपर नेपालमा, एनसेल एप्स क्याम्पलाई सम्बोधन गर्ने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता
२७ कात्तिक, काठमाडौं । विश्व लोकप्रिय मोवाइल एप गेम ‘क्यान्डी क्रस’का डेभलपर टमी कार्ल पाल्म नेपाल आएका छन् । देशकै ठूलो मोवाइल एप प्रतिस्पर्धा ‘एनसेल एप क्याम्प’मा छनौट भएका १ सय ५० एप डेभलपर टिमलाई सम्बोधन गर्न उनी नेपाल आएका हुन् ।
‘क्यान्डी क्रस सागा’ बनाएको किंग डट कमका गेम्स गुरु पाल्मले एप क्याम्प अन्तर्गत भईरहेका क्षमता अभिवृद्धि सेमिनार अन्तर्गत २९ गते शनिवार अतिथि वक्ताको रुपमा युवा डेभलपर टिमहरुलाई सम्बोधन गर्ने एनसेलले जनाएको छ । सेमिनारमा उनले आफ्नो सफलताको कथासँगै युवा डेभलपरले एप बनाउँदा ध्यान दिनु पर्ने प्रयोगकर्ताका रोजाई तथा अनुभवलगायतका विषयमा क्याम्पका सहभागीलाई मार्गदर्शन गर्ने छन् ।

Bizkhabar - Ncell app camp

देशमा विद्यमान डिजिटल संभावनालाई उजागर गर्ने तथा नेपाली युवालाई विश्व एप उद्योगको हिस्सा बनाउने उद्देश्य लिएर एनसेल एम क्याम्प आयोजना गरिएको हो’ एनसेलकी कर्पोरेट कम्युनिकेसन्स निर्देशक सञ्जु कोइरालाले भनिन्, ‘क्याम्पमा भाग लिईरहेका टोलिलाई पाल्म जस्ता विश्व चर्चित व्यक्तित्वहरुको मेन्टरशिपले उनीहरुको क्षमता अभिवृद्धि गर्ने तथा अन्तर्राट्रिय एप बजारबारे एक्स्पोजर प्रदान गर्नेछ ।’
पाल्म अन्तर्राट्रिय एप उद्योगका सबभन्दा उत्प्रेरक व्यक्तित्वहरु मध्ये एक मानिन्छन् । संसारभर १० करोडभन्दा बढी डाउनलोड भएको र प्रत्येक दिन ५ लाख डलर कमाइरहेको क्यान्डी क्रस स“गको सफलताको पछाडि उनको सोच तथा डिजाइन रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL