Logo

एनसेलद्वारा १८औं वार्षिकोत्सवको अवसरमा ‘पर्पल किकअफ’ मैत्रीपूर्ण फुटबल खेल आयोजना

एनसेलद्वारा १८औं वार्षिकोत्सवको अवसरमा ‘पर्पल किकअफ’ मैत्रीपूर्ण फुटबल खेल आयोजना



काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको लैनचौर खेलमैदानमा ‘पर्पल किकअफ’ मैत्रिपूर्ण फुटबल खेल आयोजना गरेको छ । यस अन्तर्गत शनिबार र आइतबार गरि चार खेलहरु भएका थिए ।

laxmi

एनसेल आफ्नो नयाँ यात्रा सुरु गर्दै गर्दा कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहि वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’ अनुरुप सेभेन ए साइड फुटबल मैदानमा यी खेलहरु आयोजना गरिएका हुन् । एनसेल आफ्नो सिद्धान्तमा केन्द्रित रहि नेपाल र नेपालीकै लागि निरन्तर गुणस्तरिय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।

पर्पल किकअफमा चर्चित नेपाली कलाकारहरु, भेटरान फुटबल खेलाडीहरु, युवा उद्यमीहरु, खेलकुद पत्रकारहरु र स्थानिय युवा क्लबका खेलाडीहरुको सहभागिताले यस कार्यक्रमलाई विषेश बनाएको थियो । गत शनिवार (असोज ६)को पहिलो मैत्रिपूर्ण फुटबल खेल एनसेल टिम ए र नेपाली युवा उद्यमी मञ्चबीच भएको थियो । एनसेल टिमको तर्फबाट एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ पनि खेलेका थिए ।
यो खेलमा एनसेलले १-० को अन्तरले हित हासिल गरेको थियो । एनसेलको तर्फबाट कप्तान प्रज्वल प्रजापतिले गोल गरेका थिए ।

त्यसैगरी शनिवार भएको अर्को आकर्षक खेल भेटरान फुटबल खेलाडी अनिल गुरुङ र विराज महर्जनको टिमबिच भएको थियो । दुवै टिममा विभिन्न चर्चित नेपाली कलाकारहरुको सहभागिता रहेको थियो । कलाकारहरुमा आयुषमान जोशी, जेम्स प्रधान, जितु नेपाल, प्रेस्का उदास, रेमन दास श्रेष्ठ, सन्दिप क्षेत्रि, अमन केसी, समृद्घि राई, त्रिचु राईलगायतका कलाकारहरु रहेका थिए । अनिल गुरुङको टिमले ५-४ को अन्तरले खेल जितेको थियो ।

त्यस्तै आइतबार (असोज ७) सम्पन्न पहिलो खेल एनसेल टिम बी र जनवाचनालय तथा पुस्तकालय, लैनचौर युवा क्लबसँग भएकोे थियो । लैनचौर युवा क्लबसँगको खेलमा क्लबले ४-१ को अन्तरालले जित हाँसिल गरेको थियो । त्यस्तै आइतबार दोस्रो खेल नेपाल खेलकुद पत्रकार मञ्च र एनसेल टिम सीबीच भएको थियो । कोच अमन अधिकारीको नेतृत्वमा रहेको नेपाल खेलकुद पत्रकार मञ्चले ४-३ गोलको अन्तरालले खेल जितेको थियो ।

‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत १८औं वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमहरुको पनि आयोजना गरिनेछन् । त्यस्ता कार्यक्रमहरुमा मानव विकास सूचकांक न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान र ग्राहकहरुसँग अन्तरक्रिया गर्न सेलिब्रेटीहरुको एनसेल सेन्टरहरुमा भ्रमण लगायत रहेका छन् ।

एनसेलको बारेमा

एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । सन् २००४ मा स्थापना भई सन् २००५ देखि यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ ।

सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउँदै एनसेलले आधुनिक मोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ । उच्च गतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवा प्रदान गरिरहेको छ । यसले नयाँ अवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डो¥याइरहेको छ ।

एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो । स्थापनादेखि गत आर्थिक वर्ष २०७८/७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ । त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ ।

एनसेल, आजियाटा गु्रप बर्हादअन्तर्गतको एक कम्पनीको हो । आजियाटाको साथमा एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्र ल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउन प्रतिबद्ध छ । एनसेल ३ अगस्ट २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL