Logo

भारतमा फाइभजीको दौड : जियोले किन्यो ८८,०७८ करोडको स्पेक्ट्रम, अक्टोबरसम्म ५जी सेवा सुरु गर्ने

भारतमा फाइभजीको दौड : जियोले किन्यो ८८,०७८ करोडको स्पेक्ट्रम, अक्टोबरसम्म ५जी सेवा सुरु गर्ने



काठमाडौंं । रिलायन्स जियोले सोमबार भारतमा पाँचौं पुस्ता (फाइभजी) स्पेक्ट्रमको लिलामीमा सबैभन्दा धेरै रकमको बोली लगायो । कम्पनीले आगामी २० वर्षको लागि लिलामीमार्फत कुल स्पेक्ट्रमको लगभग आधा ८८,०७८ करोडको बोलीमा हासिल गर्यो ।

laxmi

भारत सरकारको दूरसंचार विभागले आयोजना गरेको ५जी स्पेक्ट्रम लिलामीमा जियोले राम्रो मानिने ७०० मेगाहर्ज ब्यान्ड सहित ८०० मेगाहर्ज, १८०० मेगाहर्ज, ३३०० मेगाहर्ज र २६ गिगाहर्जमा स्पेक्ट्रम खरिद गरेको छ । जब ७०० मेगाहर्ट्ज ब्यान्ड प्रयोग गरिन्छ, तब मात्र एक टावरले पर्याप्त क्षेत्र कभर गर्न सक्छ ।

रिलायन्स जियो इन्फोकम लिमिटेडका अध्यक्ष मुकेश अम्बानीका जेठा छोरा आकाश अम्बानीले भने, ‘फोर जी पछि, ठूलो महत्वाकांक्षा र बलियो संकल्पका साथ, जियो अब फाइभजीमा भारतको नेतृत्व गर्न तयार छ । हामी भारतभर फाइभजी रोलआउटको साथ ‘आजादी को अमृत महोत्सव’ मनाउँछौं । शिक्षा, स्वास्थ्य सेवा, कृषि, उत्पादन, सुशासन र ई–कमर्शजस्ता क्षेत्रहरूलाई प्रर्वद्धन गर्दै, विश्व–स्तरीय, किफायती फाइभजी र फाइभजी सक्षम सेवाहरू प्रदान गर्न जियो प्रतिबद्ध छ ।’

लिलामीमा चर्चामा रहेको एसियाकै सबैभन्दा धनी गौतम अडानीको अदानी समूहले २६ मेगाहर्ज ब्यान्डमा स्पेक्ट्रम किनेको छ । यो सार्वजनिक नेटवर्क होइन । सुनील मित्तलको टेलिकम कम्पनी भारती एयरटेलले १९,८६७ मेगाहर्ज स्पेक्ट्रम ४३,०८४ करोडमा किनेको छ । यस्तै भोडाफोन आइडियाले १८,७८४ करोड रुपैयाँमा स्पेक्ट्रम किनेको छ । भारतका दूरसञ्चार मन्त्री अश्विनी वैष्णवले अक्टोबरसम्म ५जी सेवा सुरु गर्न सकिने बताएका छन् । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL