Logo

टेलिकमका आन्दोलनरत कर्मचारी र व्यवस्थापनबीच सहमति, आन्दोलन स्थगित

टेलिकमका आन्दोलनरत कर्मचारी र व्यवस्थापनबीच सहमति, आन्दोलन स्थगित



काठमाडौं । नेपाल टेलिकममा जारी धर्ना कार्यक्रम स्थगित गरिएको छ । व्यवस्थापन पक्ष र कर्मचारी ट्रेड युनियनहरूबीच सहमति भएपछि शुक्रबार ३९ दिनयता कर्मचारीले गर्दै आएको धर्ना र संघर्षका कार्यक्रम स्थगित भएको हो ।

नेपाल दूसरसञ्चार राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकम वर्कर्स युनियन, नेपाल टेलिकम कर्मचारी युनियनले संयुक्त रुपमा टेलिकम व्यवस्थापनविरुद्ध आन्दोलन सुरू गरेका थिए ।

विभिन्न पक्षमा भएको छलफल र कर्मचारी विनियमावलीमा आवश्यक संशोधन गर्न सिफारिस गर्ने सहमतिका भएपछि उक्त धर्ना तथा आन्दोलन स्थगित गरिएको हो ।

कर्मचारी ट्रेड युनियनले यसअघि भएको कर्मचारी विनियमावलीमा संशोधनको विषयलाई लिएर आन्दोलन गर्दै आएका थिए । जसमा ट्रेड युनियनमा सहभागी हुने तह परिवर्तन गरिएको, प्रबन्धक भइसकेको कर्मचारी दुई तह घटेर कम्पनीमै काम गर्नसक्ने जस्ता प्रावधानमा उनीहरूले आपत्ति जनाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL