Logo

इन्धन अभावको समस्या सुचना प्रविधिमा, प्रविधिको विकास खस्किदै

इन्धन अभावको समस्या सुचना प्रविधिमा, प्रविधिको विकास खस्किदै


बिजखबर संवाददाता
0
Shares

इन्धन अभावले सुचना प्रविधि क्षेत्रलाई प्रत्यक्ष प्रभाव पारेको छ । नेपालमा भर्खरै फस्टाउने क्रममा रहेको प्रविधि क्षेत्रमा यसले थप संकट निम्त्याएको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले बताएको छ ।

अत्यावश्यक आधारभूत आवश्यकताको रुपमा रहेको ईन्धनको अभावले गर्दा प्रविधिजन्य सामाग्रीहरुको ढुवानीमा समस्या उत्पन्न भएको छ । प्रविधिको नयाँ उत्पादन र सेवाहरु भित्र्याउन नसक्दा एकातिर प्रविधिको विकासमा अवरोध सिर्जना भएको छ भने अर्काेतिर मुलुकको राजस्वमा समेत प्रतिकुल असर पर्न थालेको छ ।

ईन्टरनेट सेवा प्रदायक, हार्डवेयर, सफ्टवेयर, टेलिकम्युनिकेशन, पावर सोलुसन्स्, एसेसोरिज सेल्स एण्ड डिष्ट्रिब्युटर्स लगायतका कम्पनीहरुलाई सेवा प्रदान गर्न कठिनाई भैरेहेको छ ।

तत्काल समाधान गर्न नसके मुलुकमा प्रविधिको विकासक्रम झन खस्किने क्यानको दावी छ । साथै, सरोकारवाला सबैले मुलुकको समस्या समाधानका लागि उचित पहल गर्न क्यानले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL