Logo

ईन्टरनेट सेवाप्रदायक संघ (आइस्पान)को नयाँ कार्यसमिति चयन, अध्यक्षमा सुविसुका सुधिर पराजुली निर्विरोध निर्वाचित

ईन्टरनेट सेवाप्रदायक संघ (आइस्पान)को नयाँ कार्यसमिति चयन, अध्यक्षमा सुविसुका सुधिर पराजुली निर्विरोध निर्वाचित



काठमाडौं । इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) को अध्यक्ष पदमा सुधिर पराजुली निर्विरोध चयन भएका छन्। इन्टरनेट सेवा प्रदायकको छाता सङ्गठनको रुपमा रहेको सङ्घको आगामी दुई वर्षे कार्यकालका लागि सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

laxmi

सङ्घको उपाध्यक्षमा क्लासिक टेकका प्रमेश खरेल, महासचिवमा एरो नेटका नबिन श्रेष्ठ, सचिवमा टेकमाइन्ड्सका कमल बस्तोला, कोषाध्यक्षमा इस्ट लिंकका पुष्कर बडाल चयन भएका छन्।

यसैगरी सङ्घको वरिष्ठ सल्लाहकारमा वल्डलिंकका विजय जलान, भायानेटका विनय बोहरा , सुविसुका विनयमोहन साउद तथा सदस्यमा ब्रोडलिंकका विनोद तिमिल्सेना र वेबसर्फरका सुरेन क्षेत्री चयन भएको सङ्घले जानकारी दिएको छ ।

बुधबार भर्चुल बैठक गरी नौ जनाको नयाँ कार्यसमिति चयन गरिएको थियो । उक्त बैंठकमा सङ्घका निवर्तमान अध्यक्ष एवम् नेटम्याक्सका अध्यक्ष भोजराज भट्टले नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL