Logo

आईएमई पेको दशैं अफर, किनमेलमा ३० प्रतिशतसम्म क्यासब्याक

आईएमई पेको दशैं अफर, किनमेलमा ३० प्रतिशतसम्म क्यासब्याक



काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्विद्र्घत ‘आइएमई पे’ ले दसैँको अफर सार्वजनिक गरेको छ । कम्पनीले किनमेललाई ध्यानमा राख्दै आइएमई पे मोबाइल वालेट मार्फत गरिने भुक्तानीमा ३० प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको हो ।

किराना, किनुमन, ठूलो डट कम, काठमाडौं अग्र्यानिक, सोचेको डट कम र नेपमेड्सका आउटडेटेडबाट विक्री हुने आवश्यक सामानहरू जस्तैः– औषधी, तरकारी, फलफुल र नयाँ लत्ताकपडा खरिदको भुक्तानीमा यस्तो अफर सार्वजनिक गरिएको हो । यो अफर २५ असोजबाट शुरू भइ कार्तिक ७ गतेसम्म लागु हुनेछ ।

यो अफरसँगै कोरोना भाइरस (कोभिड–१९) को बढ्दो प्रभाव र अपनाउनुपर्ने सूरक्षा सतर्कता अन्तर्गत सामाजिक र भौतिक दूरी कायम गर्न आम उपभोक्तालाई सहज हुने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL