Logo

एनसेल एप क्याम्पको आवेदन बन्द, ७ सय २८ आइडिया दर्ता

एनसेल एप क्याम्पको आवेदन बन्द, ७ सय २८ आइडिया दर्ता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

४ असोज,काठमाडौं । ‘एनसेल एप क्याम्प २०१५’ प्रतिस्पर्धाको आवेदन आइतवारदेखि बन्द भएको छ । प्रतिशपर्धामा ७ सय २८ आइडिया दर्ता भएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिस्पर्धाका चार विधामध्ये सबैभन्दा धेरै आवेदन प्राप्त भएको युटिलिटी विधामा २ सय ९० वटा आइडिया दर्ता गरिएका छन् । त्यसैगरी, पर्यटन विधामा १ सय ५३ वटा आइडिया र स्वास्थ्यमा १ सय ४७ आइडिया दर्ता भएका छन् ।
खेल तथा मनोरञ्जन विधामा सबैभन्दा कम आवेदन प्राप्त भएको थियो । सो विधामा १ सय ३८ आइडिया दर्ता भएको कम्पनीले जनाएको छ ।

एनसेलले यो वर्ष पनि गत वर्षमा समावेश गरेको पर्यटन विधालाई निरन्तरता दिएको छ । गत वर्षको एनसेल एप क्याम्पमा ४ सय ५७ आवेदन प्राप्त भएका थिए । ४० दिनको अवधिमा प्राप्त ७ सय २८ आवेदनले युवामा नवीनतम व्यवसाय निर्माण गर्ने इच्छा र देशमा रहेको डिजिटल सम्भावनालाई अगाडि बढाउने उत्साह देखाएको कम्पनीको विश्वास छ ।

प्रतिस्पर्धाका नियमअनुसार एउटा समूहमा कम्तीमा २ र बढीमा ५ जना सदस्य हुनुपर्छ । त्यस्तै दर्ता गरिएको आइडिया प्रतिस्पर्धाको विधाभित्र रहनुपर्ने प्रावधान छ । दर्ता भएका आवेदनलाई निर्णायक मण्डलले एप्लिकेसनले र्पुयाउने योगदान, एप्लिकेसनको विश्वव्यापी पहुँच, व्यावसायिक पद्धति र प्रस्तावित अवधारणाको समग्र प्रस्तुतिका आधारमा छनोट गर्नेछन् । उत्कृष्ट १ सय ५० समूहको नाम असोज ६ मा प्रकाशित गरिने कम्पनीले बताएको छ । छनोटमा परेका समूहलाई कात्तिक र मंसिरमा आयोजित तालिम तथा सेमिनारमा सहभागी गराई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रियस्तरका विषयगत विज्ञबाट आवश्यक ज्ञान प्राप्त गर्ने अवसर दिइनेछ ।

छनोट भएका १ सय ५० समूहमध्ये प्रत्येक विधागत क्षेत्रमा ६ वटा गरी उत्कृष्ट अवधारणा प्रस्तुत गर्ने जम्मा २४ समूहलाई अन्तिम प्रतिस्पर्धाका लागि अवसर दिइनेछ । प्रतिस्पर्धाका प्रत्येक विधागत विजेताले २ लाख ५० हजार रुपैयाँ र समग्र विजेताले थप ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, २०१६ मा हुने अन्तर्रा्ष्ट्रिय एप्लिकेसन सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने अवसर उपलब्ध गराइने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL