Logo

कास्परस्कीका ४ नयाँ प्रडक्ट बजारमा,ट्याब्लेट र स्मार्ट फोनलाई पनि भाइरसबाट जोगाउने

कास्परस्कीका ४ नयाँ प्रडक्ट बजारमा,ट्याब्लेट र स्मार्ट फोनलाई पनि भाइरसबाट जोगाउने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

१७ भदौ,काठमाडौं । कास्परस्कीका ४ नयाँ प्रडक्ट नेपाली बजारमा भित्रिएको छ । कास्परस्कीका एन्टीभाइरस २०१६, कास्परस्की इन्टरनेट सेक्युरिटी २०१६, कास्परस्की इन्टरनेट सेक्युरिटी मल्टी डिभाइस र टोटल सेक्युरिटी मल्टी डिभाइस बजारमा भित्रिएको हो । कास्परस्कीको नेपालका लागि आधिकारिक विक्रेता सागर इन्फोसिसले यस्तो जानकारी दिएको हो ।

बिहीवार एक कार्यक्रमबीच क्यान महासंघका अध्यक्ष विनोद ढकाल, कास्परस्की ल्याबका दक्षिण एशियाका मार्के्टिङ म्यानेजर पल्लब अग्रवाललगायतले कास्परस्कीको नयाँ प्रडक्टहरु सार्वजनिक गरेका थिए ।

यी एन्टीभाइरसहरुले डेक्सटप, ल्यापटपसँगै ट्याब्लेट र स्मार्ट फोनहरुलाई पनि भाइरसको संक्रमणबाट जोगाउने र डाटाहरु सुरक्षित राख्न सहयोग गर्ने बताइएको छ ।

कम्पनीले नयाँ प्रडक्टको सुरुवातको अवसरमा मुल्यमा पनि भारी छुट दिएको छ । जसमध्ये कासपरस्कीको एन्ड्रोइड मोवाइल सेक्युरिटी डिभाइसको अधिकतम मुल्य १५ सयबाट घटाएर १२ सय रुपैयाँ कायम गरिएको छ । अहिले घोषणा गरिएको अफर अनुसार ८ सय ५० रुपैयाँमा किन्न सकिनेछ ।

अरु एन्टी भाइरस प्रडक्टहरु पनि ४० देखि ५० प्रतिशत छुटको ब्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले धेरै परिमाणमा इन्टरनेट खरिद गर्ने स्कुल, कलेज, विद्यार्थी, कर्पोरेट, सरकारी कार्यालय, सञ्चार माध्यम, एनजिओ आइनजिओलाई विशेष छुट दिने बताएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL