Logo

विशेष छुट सहितको टेलिकमले ल्यायो डाटा प्याक सेवा, यसरी लिन सकिन्छ डाटा

विशेष छुट सहितको टेलिकमले ल्यायो डाटा प्याक सेवा, यसरी लिन सकिन्छ डाटा



काठमाडौं । नेपाल टेलिकमले आफ्ना डाटा सेवामा छुट दिने निर्णय गरेको छ । कम्पनीले आजैदेखि लागु हुनेगरी मोबाईल डाटा सेवाको आधारभुत दरमा ३० प्रतिशत छुट दिने निर्णय गरेको हो । सरकारले मिति गत १६ गते डाटा सेवामा २५ प्रतिशत छुट दिने निर्णय गरे अनुसार कम्पनीले आज देखि २६ गतेसम्म (७ दिन) लागू हुने गरी उक्त छुट घोषणा गरेको हो ।

उक्त छुट अनुसार जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दरमा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा २७ प्रतिशत छुटको व्यवस्था गरेको छ । यस अनुसार जीएसएम मोबाइल डाटा र सीडीएमए मोबाइल डाटामा प्रतिएमबी कर सहित महसुल क्रमशः ९० पैसा र ५१ पैसा लागू हुने टेलिकमले जानकारी दिएको छ ।

सेवाहरू सुपथ मूल्यमा उपलब्घ गराउने क्रममा नेपाल टेलिकमले मिति २०७६ चैत्र २० देखि २६ गतेसम्म (७ दिन) लागू हुने गरी जीएसएम सेवामा डाटा प्याक उपलव्ध गराउने निर्णय गरेको छ ।
सो अन्तर्गत पहिलो प्याकेजमा १ सय रुपैयामा १ जीबी डाटा खरिद गर्दा ३ जीबी बोनस स्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिन भित्र खपत गर्नु पर्नेछ ।

यसैगरी दोस्रो प्याकेजमा २ सय रुपैयामा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरूप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ७ दिन भित्र खपत गर्न प्रयोग गर्नु पर्नेछ । यसरी १ सय रुपैयाँमा बोनस सहित कुल ४ जीबी र २ सय रुपैयाँमा बोनस सहित कुल १० जीबी डाटा प्राप्त हुनेछ ।

यसैगरी कम्पनीकै नेटवर्क भित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलव्ध भ्वाइस प्याक खरिद गर्दा मिति २०७६ चैत्र २० देखि २६ गतेसम्म (७ दिन) लागू हुने गरी ५० प्रतिशत छुट उपलव्ध गराउने निर्णय गरेको छ ।

सो अन्तर्गत पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि २५ रुपैयाँमा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ । यसैगरी दोस्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि १ सय रुपैयाँमा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ । यसरी २५ रुपैयाँमा एक दिनका लागि बोनस सहित ६० मिनेट र १ सय रुपैयाँमा ७ दिनका लागि बोनस सहित २८५ मिनेटको भ्वाइस सेवा प्राप्त हुनेछ ।

युएसएसडी तथा कम्पनीको वेबसाईटबाट खरिद गर्न सकिने उक्त सेवाहरु स्टे कनेक्टेड अफरको रुपमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । युएसएसडी बाट उक्त प्याकहरु ख्रिद गर्दा एस्ट्रीक्स १४१५ एस्ट्रीक्स १० ह्यास डायल गर्नुपर्दछ ।

यसका अतिरिक्त कम्पनीको ल्यान्डलाइन सेवाको महसुल ढिलो भुक्तानी भएमा जरिवाना लाग्ने व्यवस्था भएकोमा यही फाल्गुन र चैत्र महिनाको महसुल वापत हुने जरिवाना नेपाल सरकारको मिति २०७६ चैत्र १६ को निर्णयकै आधारमा कम्पनीले आगामी बैशाख मसान्तसम्मको लागि मिनाहा गर्ने निर्णय गरेको छ ।

साथै, पूर्ण लकडाउनको अवधिमा कम्पनीका एडीएसएल र एफटीटीएच लगायत वाइम्याक्स सेवाका ग्राहकवर्गलाई सेवा निरन्तर उपलव्ध गर्न यस अवधिमा समयावधि सकिएका लाइनहरुको म्याद लकडाउन अबधिभरका लागि थप गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL