Logo

जतिको रिचार्ज गर्याे त्यती नै बोनस पाईने, प्राधिकरणको सेवाप्रदायकलाई निर्देशन

जतिको रिचार्ज गर्याे त्यती नै बोनस पाईने, प्राधिकरणको सेवाप्रदायकलाई निर्देशन



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले रिचार्ज गरे बराबरको रकम बोनस दिन सेवाप्रदायकलाई निर्देशन दिएको छ ।

नेपाल टेलिकम र एनसेलसहितका टेलिकम सेवा प्रदायकहरुलाई यस्तो निर्देशन दिइएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार अनुसार प्रयोगकर्ताले जति रुपैयाँको रिचार्ज गर्याे त्यति बराबरकै बोनस दिन सेवा प्रदायकलाई निर्देशन दिइएको हो ।

कोरोना संक्रमण रोक्न उपभोक्ताहरु घरघर बस्न थालेपछि राहत दिनको लागि यस्तो निर्णय गरिएको प्राधिकरणको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL