Logo

नेपाल लकडाउनका बेला टेलिकमका ग्राहकलाई राहत, लकडाउनभरी शुल्क मिनाहा गर्ने

नेपाल लकडाउनका बेला टेलिकमका ग्राहकलाई राहत, लकडाउनभरी शुल्क मिनाहा गर्ने



काठमाडौं । नेपाल टेलिकमले पछिल्लो समय विश्वभर फैलिईरहेको कोरोना भाईरसको प्रकोपलाई मध्यनजर गर्दै ग्राहकलाई विभिन्न छुट दिने भएको छ । कम्पनीले मंगलबार एक विज्ञप्ती जारी गर्दै आफ्ना ग्राहकहरुलाई एफटीटीएच तथा एडीएसएलका ग्राहकलाई आगामी लकडाउन नसकिँदासम्मका लागि शुल्क मिनाहा गरेको हो ।

यस्तै सरकारले गरेको लकडाउनमा ध्यान दिँदै कम्पनीले क शुल्क नतिरेका ग्राहकलाई छुट दिने बताएको हो । यस्तै कम्पनीले ल्याण्डलाइन टेलिफोन सेवाको महशुल भुक्तानी नभएको खण्डमा लगाउने गरिएको जरिवाना समेत मिनाहा गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL