Logo

कर्णाली र सु्दुर पश्चिममा फाईबर विछ्याउन टेलिकमसँग सम्झौता, ३ महिनाभित्र बोलपत्र आह्वान गर्नुपर्ने

कर्णाली र सु्दुर पश्चिममा फाईबर विछ्याउन टेलिकमसँग सम्झौता, ३ महिनाभित्र बोलपत्र आह्वान गर्नुपर्ने



काठमाडौं । कर्णाली र सु्दुर पश्चिम प्रदेश खण्डमा सूचना महामार्ग निर्माण गर्न नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता भएको छ । शुक्रबार नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दुई वर्षभित्र करिब २ हजार ४ सय किलोमिटर अप्टिकल फाइबर बिछ्याउने गरी उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

नेपाल टेलिकमले निर्माण गर्ने उक्त अप्टिकल फाईबरले रुकुमको मुसिकोटदेखि बैतडीको झुलाघाटसम्म नेटवर्क विस्तार हुनेछ । साथै ती दुई प्रदेशका सहित बाँके र बर्दिया समेत गरी कूल २० जिल्लामा अप्टिकल फाइबर नेटवर्क विस्तार हुनेछ ।

सम्झौता अनुसार नेपाल टेलिकमले ३ अर्ब ८१ लाख रुपैयाँ नबढ्नेगरी प्राधिकरणले ग्रामिण विकास कोषमार्फतको रकम दिनेछ । उक्त सम्झौतामा नेपाल टेलिकमले अप्टिकल फाईबर विस्तार गर्नका लागि ३ महिनाभित्र बोलपत्र आह्वान गर्नुपर्नेछ । प्राधिकरण र टेलिकमबीच १ महिनाअघि फाईबर विछ्याउन समझदारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL