Logo

नेपाल टेलिकमको सिम किन्दा अब ५० रुपैयाँ नपाईने, त्यसको सट्टामा उपलब्ध हुनेछन यी सेवा

नेपाल टेलिकमको सिम किन्दा अब ५० रुपैयाँ नपाईने, त्यसको सट्टामा उपलब्ध हुनेछन यी सेवा



काठमाडौं । नेपाल टेलिकमले बिक्री–वितरण गर्दै आएको नयाँ जीएसएम सीडीएमए प्रिपेड सिमकार्डमा ५० रुपैयाँको ब्यालेन्सको सट्टा अब त्यही मूल्यमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भएको छ ।

laxmi

आगामी २०७६ पुस १६ अर्थात २०२० जनवरी १ (अंग्रेजी नयाँ वर्ष) देखि यसमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ । नयाँ सिमकार्डमा १० रुपैयाँ ब्यालेन्सको रुपमा उपलब्ध हुनेछ भने ४० मिनेट टक टाइम अर्थात कुराकानी गर्न, ६० एमबी डाटा चलाउन र २० वटा एसएमएस पठाउन सकिने छ ।

सिममा उपलब्ध १० रुपैयाँ ब्यालेन्सबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिने छ भने ४० मिनेट टक टाइम र २० वटा एसएमएस एक महिना भित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने टेलिकमले जानकारी दिएको छ ।

यस अघि नै सिमकार्ड खरिद गरी एक्टिभ नगरेका ग्राहकहरुले २०७६ पुस १५ गते सम्म सिम एक्टिभेट गरेमा पुरानो व्यवस्था अनुसारको ब्यालेन्स ५० रुपैयाँ प्राप्त हुनेछ भने पुस १६ गते वा सो भन्दा पछि एक्टिभेट गरेमा नयाँ व्यवस्था अनुसारको ब्यालेन्स १० रुपैयाँ तथा थप सुविधा प्राप्त हुनेछ ।
नयाँ प्रिपेड सिमकार्डमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भए तापनि यसको मूल्यमा कुनै परिवर्तन गरिएको छैन र ९० रुपैयाँमै सिमकार्ड उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL