Logo

सेलकम र सस्तोडीलबीच सहकार्य, सामान खरिदमा ५० प्रतिशतसम्म छुट

सेलकम र सस्तोडीलबीच सहकार्य, सामान खरिदमा ५० प्रतिशतसम्म छुट



काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायक सेलकम र सस्तोडीलबीच सहकार्य गर्ने भएको छ । क्रिसमस र नयाँ बर्षलाई लक्षित गरि ‘सेल अ ब्रेशन’ अफरका लागि सहकार्य गरेको सेल पेले जानकारी दिएको छ ।

सेलपेका अनुसार उक्त अफर २४ डिसेम्बरदेखि २ जनवरी सम्ममात्रै लागू हुनेछ । क्रिसमस र नयाँबर्षमा खुशीयाली बाड्नको लागि सेलपले सस्तोडीलसँग सहकार्य गरी सेल अ ब्रेशन अफर ल्याएको हो ।

अफर अन्तरगत ग्राहकहरुले सस्तोडीलमार्फत प्रथम पटक कुनै पनि सामान किन्दा ४० प्रतिशत छुट सेलपे एप्प मा लोयल्टी पोइन्टसको रुपमा पाउनेछन्् र थप १० प्रतिशत छुट भने डिजेआई, डा ब्राओन्स, क्रेन, हिमालय बेबी केयरलगायतका सामग्रीको खरिदमा चेकआउट् गर्दा डिस्काउन्ट कुपन पाउने छन ।

सस्तोडीलमा सेलपेमार्फत भुक्तानी गरी डिस्काउन्ट पाउनको लागि भने सस्तोडीलमार्फत सामग्री खरिद गर्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्नु पर्ने छ । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिनेछ । साथै बास्तविक समयमा भुक्तानी, बिना वालेट कारोबार गर्न सकिने, मर्चेन्ट् शुल्क नलाग्नेलगायतका बिशेषता समेत सेलपेको रहेको छ ।

सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफरलगायतका काम गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL