Logo

एनसीसी बैंक र सेलपेबीच सम्झौता, बैंकका ग्राहकले सेलपेमा खाता खोल्दा सुविधा पाउने

एनसीसी बैंक र सेलपेबीच सम्झौता, बैंकका ग्राहकले सेलपेमा खाता खोल्दा सुविधा पाउने



काठमाडौं । नेपाल क्रेडीट एण्ड कमर्श (एनसीसी) बैंक र भुक्तानी सेवाप्रदायक सेलपेबीच सम्झौता भएको छ । सोमबार एक कार्यक्रमका बीच बैंकका ग्राहकहरुले सेलपेमा आफ्नो खाता सेलपेमा खोल्दा विभिन्न सुविधा पाउने गरी उक्त सम्झौता भएको हो ।

laxmi

उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिक्रित रमेश राज अर्याल र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन ।

उक्त सम्झौतापश्चात बैंकका ग्राहकले सेलपेमा आफ्नो खाता खोल्नेवित्तिकै एक सय रुपैयाँ बराबरको रिचार्ज टपअप र बिलहरुको भुक्तानी गर्दा आकर्षक लोयाल्टी पोईन्ट पाउने छन ।
सेलपे, सेलकम प्रालि द्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो ।

ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सक्नेछन् । यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, केबलहरुको बिल लगायत बिल भुक्तानी गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL